default_image

2 years ago

January 13, 2023

फ्रिडम फाइटरको दुवै टोली सेमिफाइनलमा

251 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फ्रिन्डम फाइटरको दुई टोलीसँगै जोरपाटी एफसी र अभिषेक चर्च प्रथम भनिमण्डल कुसुन्ती भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

जावलाखेलस्थित फुटबल मैदानमा शुक्रबार भएको क्वाटरफाइनलमा फ्रिन्डम फाइटरले कोतासे भैरवलाई ६–० को फराकिलो अन्तरले पराजि गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

यस्तै आयोजक भनीमण्डललाई २–० ले पराजित गर्दै जोरपाटी एफसीले पनि अन्तिम चारमा स्थान पक्का गरेको छ । फ्रिन्डम फाइटरको अर्काे टोलीले ओकाद भेट्रान्सलाई ३–० ले पराजित गरेको छ ।

अर्काे क्वाटरफाइनलमा अभिषेक चर्च नवलपुरले जेभियर भेट्रान्सलाई २–० ले पराजित गरेको छ । सेमिफाइनल र फाइनल शनिबार हुने आयोजकले जनाएको छ ।

अन्तिम दिन ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, ललितपुर वडा नम्वर १३ का गणेक केसी, वडा नम्वर ४ का सन्तोष खड्का र अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ अतिथि रहने आयोजकले जनाएको छ ।

पुस २६ गते मंगलबारबाट शुरु भएको प्रतियोगितामा ३२ टोलीले नकआउटको आधारमा प्रतिस्पर्धा गरिरहेको छ ।प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँ र शिल्ड प्राप्त गर्नेछन् । दोस्रो हुनेले ७५ हजार पाउनेछ ।

म्यान अफ दि सिरिजले बुद्ध एयरको माउन्टेन फ्लाइट, उत्कृष्ट गोलरक्षकले गोल्डेन ग्लोभ्स र नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । म्यान अफ दि म्याच शिल्डको व्यवस्था गरिएको छ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.