2 years ago
January 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – फेब्रुअरी ४ र ५ मा काठमाडौंमा दोस्रो अन्तराष्ट्रिय हाप्किडो सेमिनार आयोजना हुने भएको छ ।
नेपाल हाप्किडो संघको वार्षिक कार्यक्रम रहे पनि विचको दुइ वर्ष कोरोना महामारीका कारण सम्भव भएको थिएन । सन् २०२० को जनवरीमा पोखरामा भएको पहिलो सेमिनारमा २० देशको सहभागिता थियो ।
ग्लोबल हाप्किडो महासंघका अध्यक्ष ग्रान्डमास्टर हिक्वान ली, अन्तराष्ट्रिय हाप्किडो महासंघका अध्यक्ष ग्रान्डमास्टर गेरहार्ड अग्रिन्ज, मेक्सिकन हाप्किडो फेडेरेसनका अध्यक्ष ग्रान्डमास्टर एड्रियन गेरार्डो गार्सिया टोरेस, रसियन हाप्किडो महासंघका अध्यक्ष ग्रान्डमास्टर डेमिड मोमोट र हाप्किडो सिनियर मास्टर तथा दक्षिण एसियाली हाप्किडो महासंघका अध्यक्ष कालीबहादुर घर्ती मगरलगायतले सो सेमिनारमा प्रशिक्षण दिनेछन् ।
अध्यक्ष मगरले कार्यक्रमले हाप्किडा खेलको विकासमा नयाँ आयाम थप्ने विश्वास लिइएको बताउदै प्राविधिक जनशक्ति उत्पादन र ती जनशक्ति मार्फत नेपालको ग्रामिण क्षेत्रमा हाप्किडो खेललाई फैलाउने लक्ष्य रहेको बताए । साथै अन्तराष्ट्रिय क्षेत्रमा नेपालको पहिचान बढाउन पनि यो सेमिनार सफल हुने अपेक्षा गरिएको नेपाल हाप्किडो संघको उपाध्यक्ष तथा मुख्य प्रशिक्षक सुस्मिता गुरुङले बताइन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]