2 years ago
January 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दावेदार टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब काठमाडौंमा जारी सातौैं एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार भएको खेलमा हेल्प नेपालले सैलुङ बाघढुंगा स्पोर्ट्स क्लब रामेछापलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।
पाकिस्तानका तीन राष्ट्रिय खेलाडीसम्मिलित हेल्प नेपालले पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो । दोस्रो सेटमा २५–११ को एक पक्षीय जित निकाल्दै हेल्प नेपाल जितर्फ अग्रसर बन्यो । तेस्रो सेटमा हेल्प नेपालले २५–१४ को सहज जित निकाल्यो ।
हेल्प नेपालका पाकिस्तानी कप्तान मुवासार राजा केल्मी प्लेयर अफ दि म्याच घोषित भए । उनले केल्मी नेपालबाट गिफ्ट ह्याम्पर प्राप्त गरे ।
यससँगै पुरुषतर्फको सेमिफाइनल समिकरण पुरा भएको छ । अब सेमिफाइनलमा आर्मी र एपिएफ तथा पुलिस हेल्न नेपालबीच प्रतिस्पर्धा हुनेछ । महिलातर्फ पुलिस र एपिएफ तथा आर्मी र न्यु डायमण्डबीच प्रतिस्पर्धा हुनेछ । महिला र पुरुष दुवैतर्फको सेमिफाइनल शनिबार र फाइनल आइतबार हुनेछ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।