2 years ago
January 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशको पुरुष भलिबल टोलीलाई पराजित गर्दै साविक विजेता त्रिभुवन आर्मी क्लब सातौैं एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनतिसपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आर्मीले गण्डकीलाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार भएको खेलको पहिलो सेट आमीले २५–२२ ले आफ्नो पक्षमा पारेको थियो ।
दोस्रो सेट गण्डकीले २५–२१ ले जित्दै खेललाई १–१ सेटको बराबरीमा ल्याए । तेस्रो सेट आर्मीले २५–१० ले सहजै आफ्नो पक्षमा पार्न सफल भयो । चौथो सेटमा गण्डकीले आर्मीलाई बलियो चुनौती पेश गरेपनि आर्मी २६–२४ ले विजयी हुँदै सेमिफाइनलमा पुग्न सफल भयो ।
चौथो सेटमा सुरुवातदेखि नै अग्रता लिएको आर्मीले अन्त्यतिर गण्डकीको बलियो चुनौतीको सामना गर्नुपरेको थियो । आर्मीका सेटर हरि हजुर थापा केल्मी प्लेयर दि म्याच घोषित भए । उनले केल्मी नेपालबाट गिफ्ट ह्याम्पर प्राप्त गरे ।
आज पुरुषतर्फ अब समूह ‘बी’ को विजेता एपिएफ समूह ‘डी’ उपविजेता केशवलाल, समूह ‘सी’ को विजेता पुलिस र समूह ‘ए’ को उपविजेता दावाली मिलन क्लब र समूह ‘डी’ को विजेता हेल्प नेपाल र समूह ‘बी’ को उपविजेता सैलुङ बाघढुंगाबीच शुक्रबार प्रतिस्पर्धा हुनेछ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।