2 years ago
January 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – फ्रिन्डम फाइटरको दुवै टोली प्रथम भनिमण्डल कुसुन्ती भेट्रान्स फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
जावलाखेलस्थित फुटबल मैदानमा बिहीबार भएको प्रि–क्वाटरफाइनलमा फ्रिन्डम फाइटर ‘ए’ ले काइलाई ‘ए’ लाई २–१ ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भयो ।
यस्तै फ्रिन्डम फाइटर ‘बी’ ले चितवन भेट्रान्सलाई २–१ ले पराजित गरी क्वाटरफाइनलमा पुगेको छ । यस्तै आयोजक भनीमण्डल ‘ए’ ले सैवुं भेट्रान्सलाई ३–१ ले परापजत गर्दै अन्तिम आठमा स्थान बनाएको छ ।
अन्य खेलमा कोतासे भैरवले जोरपाटी स्पोर्ट्सलाई १–०, जोरपाटी एफसीले सानो गौचरन नाइट किङ क्लबलाई ४–३, ओकाद भेट्रान्सले आइएफसी भेट्रान्सलाई १–०, जेभियर भेट्रान्सले भनीमण्डल ‘बी’ लाई २–१ र अभिषेक चर्चले फ्रेन्ड्स क्लबलाई ३–२ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएका छन् ।
पुस २६ गते मंगलबारबाट शुरु भएको प्रतियोगितामा ३२ टोलीले नकआउटको आधारमा प्रतिस्पर्धा गरिरहेको छ । प्रतियोगिता पुस ३० गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँ र शिल्ड प्राप्त गर्नेछन् । दोस्रो हुनेले ७५ हजार पाउनेछ ।
म्यान अफ दि सिरिजले बुद्ध एयरको माउन्टेन फ्लाइट, उत्कृष्ट गोलरक्षकले गोल्डेन ग्लोभ्स र नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । म्यान अफ दि म्याच शिल्डको व्यवस्था गरिएको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]