2 years ago
January 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली टेबल टेनिस टोलीले ओमानको राजधानी मस्कटमा आयोजना हुने बिश्व भेट्रान च्याम्पियनसिप मस्कट २०२३ मा प्रतिस्पर्धा गर्ने भएको छ ।
जनवरी १५ देखि २१ सम्म संचालन हुने च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न नेपाली खेलाडीहरु संजय अर्याल, प्रकाश बहादुर धाख्वा, रक्त मानन्धर, राजेन्द्र दुलाल र निम जोशी र प्रशिक्षकमा अनिता महर्जन त्यस तर्फ जाने कार्यक्रम रहेको भेट्रान खेलाडी तथा प्रशिक्षक राजेन्द्र दुलालले जानकारी गराए ।
भेट्रान टोलीलाई पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक कार्यक्रमबिच विदाई गरे । टोली आईतबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
April 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालीहरुको मिनी ओलम्पिकको रूपमा चिनिने ओसियानिया नेपाली स्पोर्ट्स मिट (ओएनएसएम) २०२५ अस्ट्रेलियाको पश्चिम अस्ट्रेलिया राज्यको पर्थमा आजबाट सुरु भएको छ । छैटौं ओसियानिया नेपाली स्पोर्ट्स मिट पर्थमा ३ दिन (शुक्रबार, शनिबार र आइतबार) सम्म पर्थ मेट्रो एरियामा हुनेछ । यस खेल कुम्भमेलाका कारण अस्ट्रेलियाको पर्थ नेपालीमय भइसकेको छ । खेल महोत्सवमा […]
April 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – करातेका राष्ट्रिय च्याम्पियन खेलाडी मोहम्मद शेखु आलम अमेरिकामा नगदसहित सम्मानित भएका छन् । अमेरिकाको न्युयोर्कमा रहेको च्याम्पियन मार्सल आर्ट्स क्लबले आलमलाई १ हजार अमेरिकी डलर (१ लाख ३७ हजार रुपैयाँ) र सम्मान पत्रले सम्मानित गरिएको ११औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण तथा एसिया प्यासेफिक सितोरियो करातेका स्वर्णधारी, क्लबका प्रशिक्षक तथा […]
April 15, 2025
एजेन्सी – च्याम्पिन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा आज मध्यरातमा पेरिस सेन्ट-जर्मेन (पिएसजी) र एस्टन भिल्लाबीच प्रतिस्पर्धा हुँदैछ। पिएसजी ३-१ को अग्रता सहित भिल्ला पार्क जाँदैछ। जहाँ भिल्ला अक्टोबर यता अपराजित छ र यसअघि नै बायर्न म्युनिखलाई पनि हराएको थियो। नेयमार, लियोनल मेस्सी र पछिल्लो समय किलियन एम्बाप्पेले क्लब छाडेसँगै प्रशिक्षक लुइस एनरिकेले युवा र उदाउँदा […]