default_image

2 years ago

January 12, 2023

इनास अपी स्पोर्टस् जुनियर ब्याडमिन्टन सुरु

222 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका लागि योनेक्सको आधिकारीक विक्रेता इनास इन्टरप्राईजेजको सहयोग र अपी स्पोर्टस् ब्याडमिन्टन एकेडेमीको आयोजनामा बिहीबारदेखि इनास अपी स्पोर्टस् जुनियर ब्याडमिन्टन च्याम्पियनसिप सुरु भएको छ ।

च्याम्पियनसिप बसुन्धारास्थित जेष्ट ब्याडमिन्टन एकेडेमीको हलमा बिहीबारदेखि शुरु भएको हो । यू१३ ब्वाईजतर्फ अच्युत ढुंगेल, प्रनिश कार्की, सुहम कार्की, आयुष मगर, रिजन मगर, शिशिर राना, आदित्य थारु, प्रवल श्रेष्ठ, सुभम श्रेष्ठ, रिशभ राई, सुदेश राजकोटी, शिभम कासुधन, दीप थिङ, सत्यम कार्की, सफल भुजे र आरुष सिमखडा प्रिक्वाटर फाइनलमा प्रवेश गरेका छन् ।

यस्तै यू१५ छात्रतर्फ पप्पु बहादुर पाल, अमन डंगोल, सुर्य महर्जन, रिसभ राई, अश्विन मगर, सुभम श्रेष्ठ, प्रारम्भ सिमखडा, उज्वल श्रेष्ठ, सफल भुजेल र सुविन श्रेष्ठले प्रि–क्वाटरफाइनलमा स्थान पक्का गरेका छन् ।

च्याम्पियनसिपको नेपाल ओलम्पिक कमिटिका सह महासचिव एवम् राष्ट्रिय खेलकुद परिषद्का पूर्व उपाध्यक्ष पिताम्बर तिम्सिनाले एक कार्यक्रमविच उद्घाटन गरे ।

च्याम्पियनसिपको उद्घाटन गर्दै तिम्सिनाले आजका जुनियर खेलाडीहरु नै भोली अन्तर्राष्ट्रिय खेल क्षेत्रमा राष्ट्रको झण्डा बोकेर राष्ट्रको प्रतिष्ठालाई उच्च राख्ने खेलाडी बन्नेमा आफु बिश्वस्त रहेको बताए ।

उनले राज्यका निकायहरुले ध्यान दिनुपर्ने क्षेत्रलाई निजी क्षेत्रले लगानी गरेर अगाडी बढाएकोमा आयोजक र प्रायोजकहरुलाई धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा यसले उपलब्धि प्राप्त गर्ने बताए ।

नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जुनियर प्रतियोगिता आयोजना गर्न पहल गरेकोमा इनास ईन्टरप्राईजेजका प्रोपाईटर राजु बास्तोला र अपी स्पोर्टस् ब्याडमिन्टन एकेडेमीका अध्यक्ष कमलेश निरौलालाई धन्यवाद प्रदान गरे ।

लामो समयदेखि ब्याडमिन्टन प्रतियोगितामा योनेक्स सनराईज मार्फत प्रायोजन तथा खेलाडीहरुलाई सहयोग पु¥याउँदै आएको इनासले ब्याडमिन्टन खेलाडी उत्पादन गर्ने उद्धेश्यले अन्तराष्ट्रिय स्तरमा आयोजना हुने जुनियर प्रतियोगितालाई महत्वमा राख्दै च्याम्पियनसिप आयोजना गर्न लागिएको प्रोपाईटर राजु बास्तोलाले बताए ।

योनेक्स सनराईज इनासको मुख्य प्रायोजन रहेको च्याम्पियनसिपमा यू१५, यू१३ र यू११ छात्र तथा छात्रा गरि ६ विधामा प्रतिस्पर्धा भईरहेको छ ।

नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग तथा एनआरइएसको सह–प्रायोजन रहेको च्याम्पियनसिप पौष २८ देखि ३० गते सम्म बशुन्धारास्थित जेष्ट ब्याडमिन्टन एकेडेमीको कभर्डहलमा आयोजना हुने छ । च्याम्पियनसिपमा करिव १५० खेलाडीहरुको सहभागिता रहने आयोजक अपिका अध्यक्ष कमलेश निरौलाले बताए ।

च्याम्पियनसिपमा विजयी हुने खेलाडीहरुले मेडल, ट्रफी प्रमाणपत्रका साथ यू१५ तर्फ शीर्ष तीन स्थान प्राप्त गर्नेले क्रमशः नगद १० हजार, ७ हजार र ५ हजार प्राप्त गर्नेछन् । क्वाटरफाइनलमा पुग्नेले २ हजार ५ सय र प्रिक्वाटरफाइनलमा पुग्नेले १ हजार ५ सय प्राप्त गर्नेछन् ।

यस्तै यू१३ तर्फ प्रथमले ७ हजार, द्वितीयले ५ हजार, तृतीयले ३ हजार, क्वाटरफाइनलमा पुग्नेले २ हजार र प्रिक्वाटरफाइनलमा पुग्नेले १ हजार २ सय प्राप्त गर्नेछन् ।

यू११ तर्फ प्रथमले ४ हजार, दोस्रोले २ हजार, तेस्रोले २ हजार, क्वाटरफाइलमा पुगेकाले १ हजार ५ सय र प्रिक्वाटरफाइनलमा पुगेकाले १ हजार नगद प्राप्त गर्ने आयोजकले जानकारी गराएका छन् ।

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

February 9, 2025

क्यान, एन्फासहित ३४ संघद्वारा सदस्य सचिवको कार्यकक्ष तोडफोडको भर्त्सना

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]

Success

Thank you for your time.