2 years ago
January 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एथलेटिक्स परिवार नेपालको आयोजनामा गोल्डेन एथलेटिक्स मिट र झिल्टुङ क्रस कन्ट्री दौड माघमा तथा धरान रन फागुनमा हुने भएको छ ।
आयोजक एथलेटिक्स परिवार नेपालले बिहीबार पत्रकार सम्मेलन गरी गोल्डेन एथलेटिक्स मिट माघ २० र २१ गते काठमाडौंको दशरथ रंगशालामा हुने जनाएको छ । गोल्डेन एथलेटिक्स मिटमा महिला र पुरुष तर्फ बिभिन्न २७ वटा ट्रयाक एण्ड फिल्ड ईभेन्टमा प्रतिस्पर्धा हुनेछ ।
जसमा महिला र पुरुष तर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ५ हजार मिटर, १० हजार मिटर दौडसँगै लङजम्प, ट्रिपलजम्प, हाईजम्प, सटपुट र ज्याभलिन थ्रो समावेश गरिएको छ । ४ गुणा १०० मिटर दौड र नेपालमा पहिलेपटक ४ गुणा ४०० मिटर मिक्स रिले दौड़ हुनेछ ।
व्यक्तिगततर्फ प्रत्येक ईभेन्टमा प्रथम हुनेलाई ६ हजार, द्वितीय हुनेलाई ४ हजार र तृतीय हुने खेलाडीलाई २ हजार रुपैयाँ प्राप्त गर्नेछ । रिले दौडमा प्रथम हुने टिमलाई ८ हजार, द्वितीयलाई ६ हजार र तृतीयलाई ४ हजार प्रदान गरिनेछ । महिला तथा पुरुष तर्फ सर्वश्रेष्ठ खेलाडी र राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई ६ हजारबाट पुरस्कृत गरिने छ ।
सातौं झिल्टुङ क्रसकन्ट्री दौड माघ १४ गते शनिबार हुनेछ । प्रतियोगिता नुवाकोटको वेलकोटगढी नगरपालिका वडा नम्बर ५ को आयोजना तथा एथलेटिक्स परिवारको प्राविधिक सहयोगमा सञ्चालन हुनेछ ।
प्रतियोगितामा १३.५ कि.मि. पुरुष तथा महिला, ४.५ किमिको खुल्ला जुनियर छात्र तथा छात्रा, स्थानीय छात्र, छात्रातर्फ ४.५ किमि, ४५ वर्ष माथिका स्थानिय पुरुषको ४.५ किमि,१३.५ किमि खुल्ला भेट्रान खुल्ला पुरुष, ४. ५ किमीको आमा समूह दौडमा गरी कुल १० ईभेन्टमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा विजयी हुने खेलाडीहरुलाई नगद पुरस्कार, पदक र प्रमाणपत्र प्रदान गरिनेछ । उक्त दौड प्रतियोगितामा करीव ५ सय खेलाडीहरले भाग लिने अनुमान गरीएको र प्रतियोगिताको अनुमानित खर्च १० लाख रहेको छ ।
भिल्टुङ दौड कोल्पुटारबाट सुरु भएर बेलिनी, छाप, राजओडार, खड्गाछाप, सालचौर हुँदै पुन कोल्पुटारमा आएर समापन हुनेछ । त्यस्तै फागुन १३ गते शनिबार धरानमा ११औं नेवा च्यारिटी रन, २०२३ धरान १० के रन आयोजना हुनेछ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]