2 years ago
January 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – वडा नम्वर ३ की प्रविणा शाक्यले चौथो मेयर कप रात्रीकालिन टेबल टेनिस प्रतियोगिता अन्तर्गत महिला ४० वर्ष माथिको एकलमास्वर्ण पदक जितेकी छिन् ।
प्रविणाले वडा नम्वर २० की मन्दिरा शाक्यलाई ३–० को सोझो सेटमा पराजित गर्दै स्वर्ण जितेकी हुन् । ललितपुर जिल्ला टेबल टेनिस संघ, ललितपुर वडा नम्वर १२ र युवा क्लब हःखाद्धारा संयुक्त रुपमा आयोजित प्रतियोगिता अन्तर्गत बिहिवार भएको महिला एकलको फाइनलमा रोनिशा महर्जन र सुरम्या शाक्यविच प्रतिस्पर्धा हुने भएको छ ।
सेमिफाइनलमा वडा नम्वर १२ की रोनिशाले वडा २० की युनिशा महर्जनलाई ३–० को सोझो सेटमा पराजित गरिन् । यस्तै वडा ८ की सुरम्याले १७ वडाकी अर्पिता महर्जनलाई३–१ ले पाखा लगाइन् ।
त्यस्तै पुरुष डबल्समा वडा नम्वर ७ का एलेक्स महर्जन र डिकेन महर्जनको जोडीले वडा ८ का विपुल महर्जन र ज्ञानेश्वर महर्जनको जोडीलाई ३–२ पराजित गरी फाइनलमा पुगेका छन् ।
त्यसैगरी अर्को सेमिफाइनलमा वडा १२ का सुनिल महर्जन र आरिश महर्जनको जोडीले वडा ७ का निकेश जोशी र एलेन महर्जनको जोडीलाई ३–० को सेटमा पराजित गरे ।
फ्लडलाइटमा सञ्चालन हुने रात्रीकालिन टेबल टेनिस ललितपुर जिल्लामा परम्परागत रुपमा हंदै आएको प्रतिष्ठित टेबल टेनिस प्रतियोगिताको रुपमा चिनिन्छ । १३ वटा इभेन्ट्स समावेश प्रतियोगितामा युवा खेलाडी देखि अन्तर्राष्ट्रिय खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता आगामी शनिवार सम्पन्न हुनेछ ।
April 20, 2025
सिड्नी (हाम्रो खेलकुद) – ढोरपाटन क्लब अस्ट्रेलिया तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा आइतबार भएको फाइनलमा म्याग्दी जलजला परिवार अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो वर्ष उपाधि जित्न सफल भएको हो । पहिलो सेटमा पछि परेको स्थितिमा ढोरपाटनले २५–२२ को पूनरागमन जित निकाल्न […]
April 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालीहरुको मिनी ओलम्पिकको रूपमा चिनिने ओसियानिया नेपाली स्पोर्ट्स मिट (ओएनएसएम) २०२५ अस्ट्रेलियाको पश्चिम अस्ट्रेलिया राज्यको पर्थमा आजबाट सुरु भएको छ । छैटौं ओसियानिया नेपाली स्पोर्ट्स मिट पर्थमा ३ दिन (शुक्रबार, शनिबार र आइतबार) सम्म पर्थ मेट्रो एरियामा हुनेछ । यस खेल कुम्भमेलाका कारण अस्ट्रेलियाको पर्थ नेपालीमय भइसकेको छ । खेल महोत्सवमा […]
April 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – करातेका राष्ट्रिय च्याम्पियन खेलाडी मोहम्मद शेखु आलम अमेरिकामा नगदसहित सम्मानित भएका छन् । अमेरिकाको न्युयोर्कमा रहेको च्याम्पियन मार्सल आर्ट्स क्लबले आलमलाई १ हजार अमेरिकी डलर (१ लाख ३७ हजार रुपैयाँ) र सम्मान पत्रले सम्मानित गरिएको ११औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण तथा एसिया प्यासेफिक सितोरियो करातेका स्वर्णधारी, क्लबका प्रशिक्षक तथा […]