2 years ago
January 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबले सैलुङ बाघढुंगा स्पोर्ट्स क्लबलाई सोझो सेटमा पराजित गर्दै समूह ‘बी’ विजेता बन्दै सातौैं एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहीबार भएको समूह ‘बी’ को अन्तिम खेलमा एपिएफले सैलुङ बाघढुंगामाथि ३–० को सोझो सेटमा जित निकाल्दै समूह विजेता बनेको हो । हारका बावजुत सैलुङ उपविजेता बनेर क्वाटरफाइनलमा पुगेको छ ।
पहिलो र दोस्रो सेटमा क्रमश २५–१३ र २५–१७ को सहज जित हात पारेको एपिएफले तेस्रो सेटमा जित निकाल्न भने निकै संघर्ष गर्नुप¥यो । तेस्रो सेटमा सुरुवातदेखि नै पछि परेको एपिएफले २०–२० को बराबरीबाट अघि बढ्दै २५–२१ ले सेट आफ्नो पक्षमा पार्न सफल भयो । एपिएफका टेकराज अवस्थी केल्मी प्लेयर अफ दि म्याच घोषित भए । उनले केल्मी नेपालबाट गिफ्ट ह्याम्पर प्राप्त गरे ।
यस जितसँगै एपिएफले २ खेलबाट ६ अंक जोड्यो । पराजित सैलुङले ३ अंक जोड्यो । यो समूहबाट जावलाखेल भलिबल प्रशिक्षण केन्द्र अंकविहीन हुँदै बाहिरिएको छ ।
यससँगै पुरुषतर्फको क्वाटरफाइनल समिरकण पुरा भएको छ । अब क्वाटरफाइनलमा समूह ‘ए’ को विजेता आर्मी र समूह ‘सी’ को उपविजेता गण्डकी, समूह ‘बी’ को विजेता एपिएफ समूह ‘डी’ उपविजेता केशवलाल, समूह ‘सी’ को विजेता पुलिस र समूह ‘ए’ को उपविजेता दावाली मिलन क्लब र समूह ‘डी’ को विजेता हेल्प नेपाल र समूह ‘बी’ को उपविजेता सैलुङ बाघढुंगाबीच शुक्रबार प्रतिस्पर्धा हुनेछ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।