default_image

2 years ago

January 12, 2023

ढोरपाटनमाथि गण्डकीको सहज जित

718 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमाथि सहज जित हात पार्दै गण्डकी प्रदेशको पुरुष भलिबल टोलीले काठमाडौंमा जारी सातौं एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गण्डकी समूह ‘सी’ को उपविजेता बन्दै अन्तिम आठमा पुग्न सफल भएको हो । यो समूहबाट नेपाल पुलिस क्लब समूह विजेता बनिसकेको छ । गण्डकीको जितले ढोरपाटन समूह चरणबाटै बाहिरिएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहीबार भएको खेलमा गण्डकीले ढोपाटनमाथि ३–० को सोझो सेटमा जित निकालेको हो । घरेलु भलिबलमा चर्चित गण्डकीले ढोरपाटनमाथि २५–१२, २५–९ र २५–१० को सोझो सेटमा जित निकाल्न सफल भयो ।

गण्डकीका मिडल ब्लकर हिमाल सुनारी केल्मी प्लेयर अफ दि म्याच घोषित भए । उनले केल्मी नेपालबाट गिफ्ट ह्याम्पर प्राप्त गरे । अब गण्डकीले क्वाटरफाइनलमा साविक विजेता विभागीय त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । आर्मी समूह ‘ए’ को विजेता हो ।

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

February 9, 2025

क्यान, एन्फासहित ३४ संघद्वारा सदस्य सचिवको कार्यकक्ष तोडफोडको भर्त्सना

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]

Success

Thank you for your time.