2 years ago
January 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दावेदार टिप टप हेल्प नेपाल समूह ‘डी’ को विजेता बन्दै सातौैं एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
हेल्प नेपाल लगातार तेस्रो जित निकाल्दै समूह विजेता बनेको हो । हेल्प नेपालले आफ्नो समूहको अन्तिम खेलमा मधेस प्रदेशलाई ३–० को सोझो सेटमा हरायो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहीबार भएको खेलको पहिलो सेटमा हेल्प नेपाल २५–१८ ले विजयी हुन सफल भयो । दोस्रो सेटमा पछि परेको स्थिति उल्ट्याएर हेल्प नेपालले २५–२२ को जित निकाल्न सफल भयो ।
तेस्रो सेटमा तीन पाकिस्तानी खेलाडीलाई विश्राम दिएको हेल्प नेपालले २५–८ को सहज जित निकाल्न सफल भयो ।हेल्प नेपालका मोहम्मद कासिप नाभिद केल्मी प्लेयर अफ दि म्याच घोषित भए । उनले केल्मी नेपालबाट गिफ्ट ह्याम्पर प्राप्त गरे ।
यस जितसँगै हेल्प नेपालले समूह ‘डी’ मा ३ खेलबाट ९ अंक जोड्याे । पराजित मधेस अंकविहीन हुँदै बाहिरिएको छ । यो समूहबाट केशवलाल स्मृति भलिबल प्रशिक्षण केन्द्र समूह उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]