default_image

2 years ago

January 12, 2023

बुढानिलकण्ठलाई हराउँदै केशवलाल क्वाटरफाइनलमा

194 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बुढानिलकण्ठ भलिबल क्लबमाथि सोझो सेटमा जित निकाल्दै केशवलाल स्मृति भलिबल प्रशिक्षण केन्द्र सातौैं एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

केशवलाल समूह ‘डी’ बाट अन्तिम आठमा पुग्न सफल भएको हो । यो समूहबाट टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले क्वाटरफाइनलमा स्थान बनाइसकेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहीबार भएको खेलमा केशवलालले पहिलो सेट २७–२५ ले जित्न सफल भयो । खेलको सुरुवातदेखि नै लगातार पछि परेको केशवलालले उत्कृष्ट पूनरागमन गर्दै जित निकाल्न सफल भएको हो ।

त्यसपछिको दुवै सेट जित्न केशवलालले जित्न खासै मिहेनत गर्नुपरेन । दोस्रो सेटमा २५–१८ को जित निकालेको केशवलालले तेस्रो सेट २५–१६ ले सहजै जित्न सफल भयो । बुढानिलकण्ठका विवेक तामाङ केल्मी प्लेयर अफ दि म्याच घोषित भएका छन् । उने केल्मी नेपालबाट गिफ्ट ह्याम्पर प्राप्त गरे ।

यस जितसँगै केशवलालले ३ खेलबाट ६ अंक जोडेको छ । बुढानिलकण्ठले ३ खेलबाटै ३ अंक जोड्यो । मधेसले अंकको खाता खोल्न सकेको छैन ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.