default_image

2 years ago

January 12, 2023

न्यु डायमण्डलाई हराउँदै पुलिस समूह विजेता

147 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबमाथि संघर्षपूर्ण जित निकाल्दै विभागीय नेपाल पुलिस क्लब सातौैं एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेकाे छ ।

पुलिसले न्यु डायमण्डलाई ३–२ को सेटमा पराजित गर्दै समूह ‘ए’ को विजेता बनेको हो । हारका बावजुत न्यु डायमण्ड समुह उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहीबार भएको खेलको पहिलो सेट पुलिसले २५–२२ ले आफ्नो पक्षमा पार्यो । दोस्रो सेट डायमण्डले २५–२२ ले जित्द्र खेललाई १–१ सेटको बराबरीमा ल्याए ।

तेस्रो सेट २५–१४ ले जित्दै पुलिसले खेलमा २–१ को अग्रता बनायो । चौथो सेट डायमन्डले २५–२३ जितेपछि खेल पाँचौ सेटमा लम्बियो । निर्णायक तथा पाँचौं सेटमा पुलिस १५–१० ले विजयी हुन सफल भयो । पुलिसकी कमला पुन केल्मी प्लेयर अफ दि म्याच घोषित भइन् । उनले केल्मी नेपालबाट गिफ्ट ह्याम्पर प्राप्त गरिन् ।

यस जितसँगै पुलिसले ३ खेलबाट ८ अंक जोडेको छ । डायमण्डले ७ अंक जोड्यो । यो समूहमा एभरेीटले ३ अंक जोड्यो । नयाँ बजार अंकविहीन बनेको छ ।

आज बिहीबार नै समूह ‘बी’ मा नेपाल एपिएफ क्लबले कृष्ण सेकेन्डरी एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गरी लगातार दोस्रो जित निकालेको छ । एपिएफले कृष्णमािथ २५–४, २५–६ र २५–३ को एकपक्षीय जित निकाल्यो । एपिएफकी पुजा चौधरी केल्मी प्लेयर अफ दि म्याच घोषित भइन् । उनले केल्मी नेपालबाट गिफ्ट ह्याम्पर प्राप्त गरिन् ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.