2 years ago
January 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – दुई फरक अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिताका लागि समान ३–३ पुरुष र महिला गरी ६ खेलाडी बुधबार छनोट भएका छन् ।
जुनियर डेभिस कपका लागि ३ पुरुष तथा बिलि जिन किङ कपका लागि ३ महिला खेलाडी छनोट गरिएको नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् ।
डेभिस कपमा आयुशमान हजुर घले, श्रृजन भट्टराई र श्रीयोग अधिकारीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । किङ कपमा सुनिरा थापा, जेनी खड्का र प्रशंसा मोक्तानले सहभागिता पक्का गरेका छन् ।
दुवै प्रतियोगिता श्रीलंकाको कोलम्बोमा फ्रेब्रुअरी २० देखि २५ तारिखसम्म हुनेछ । दुवै प्रतियोगिता यु–१६ उमेरसमूहको हो । कोलम्बोमै फेब्रुअरी १३ देखि १७ तारिखसम्म हुने आईटीएफ वल्र्ड जुनियर टेनिस प्रतियोगिताका लागि पनि खेलाडी छनोट प्रतियोगिता हुने भएको छ ।
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुने छनोट जनवरी २२ तारिखमा हुने कार्यालय सचिव देवकोटाले जानकारी गराए । यु–१४ उमेरसमूहको प्रतियोगितालाई नेपालबाट समान ३–३ पुरुष÷महिला खेलाडी छनोट गरिने छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]