2 years ago
January 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नमुना स्पोर्ट्स क्लब गोदावारी ललितपुरको आयोजनामा प्रथम गोदावारी च्याम्पियनसिप खुल्ला महिला तथा यू१८ पुरुष फुटबल प्रतियोगिता माघ पहिलो साता आयोजना हुने भएको छ ।
आयोजक नमुना स्पोर्ट्स क्लबले प्रथम गोदावारी च्याम्पियनसिप खुल्ला महिला तथा यू१८ पुरुष फुटबल प्रतियोगिता माघ ३ देखि ५ गतेसम्म हुने जानकारी गराएको छ । सबै खेल गोदावारी नगरपासलका ३ स्थित सेन्ट जेभियर स्कुलको खेल मैदानमा हुनेछ ।
नमुना स्पोर्ट्स क्लबका अध्यक्ष डम्मर लामाले क्लबको एकेडेमीको सहयोगार्थ यो प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको छ । हाल क्लबको एकेडेमीमा १ सय ५० जना बालबालिकाले निशुल्क फुटबल प्रशिक्षण लिइरहेको अध्यक्ष लामाले जानकारी गराए ।
प्रतियोगितामा सहभागिताको लागि माघ १ गतेसम्म टिम दर्ता मिति तोकिएको छ । दर्ता शुल्क ४ हजार तोकिएको छ ।प्रतियोगिताको विजेताले २५ हजार रुपैयाँ र दोस्रो हुनेले १५ हजार रुपैयाँ हात पार्नेछ । यस्तै सर्वाेत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई पनि पुरस्कार राखिएको आयोजकले जनाएको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]