default_image

2 years ago

January 11, 2023

गण्डकीलाई हराउँदै पुलिस समूह विजेता

232 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लब समूह ‘सी’ को विजेता बन्दै काठमाडौंमा जारी सातौ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ क्वाटरफाइललमा प्रवेश गरेको छ ।

पुलिसले आफ्नो समूहको अन्तिम खेलमा गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै समूह विजेता बन्दै अन्तिम आठमा पुगेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार भएको खेलमा पुलिसले पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको थियो ।

दोस्रो सेटमा २५–२१ को जित निकालेको पुलिसले प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट २४–२६ ले गुमाउन पुगेको थियो । चौथो सेटमा भने पुलिसले २५–१५ को सहज जित निकाल्न सफल भयो ।

हारका बावजुत गण्डकीको अन्तिम आठमा पुग्ने सम्भावना छ । पुलिसले ३ खेलबाट ९ अंक जोड्यो । गण्डकीको ३ तथा ढोरपाटनको २ तथा न्युटन भलिबल एकेडेमीको १ अंक छ ।

यस्तै पुरुषतर्फ टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले केशवलाल स्मृति भलिबल प्रशिक्षण केन्द्रलाई २५–१८, २५–१८ र २५–१३ को सोझो सेटमा हराएर क्वाटरफाइनलमा पुगेको छ । पराजित केशवलालको पनि क्वाटरफाइनल पुग्ने सम्भावना छ । समूह ‘डी’ मा हेल्प नेपालको २ खेलबाट ६ अंक छ । बुढानिलकण्ठ र केशवलालको समान ३ अंक छ । मधेस अंकविहीन छ ।

यस्तै सैलुङ बाघढुंगा स्पोर्ट्स क्लब रामेछापले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–२२, २५–८ र २५–२० को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलमा पुगेको छ । लगातार दुई हारसँगै जावलाखेल बाहिरिएको छ । शैलुङको जितले एपिएफ पनि क्वाटरफाइनलमा पुगेको छ ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.