2 years ago
January 10, 2023
काठमाडौं (हाम्रो खेलुकद) – तिलोत्तमा नगरपालिका रुपन्देहीको आयोजनामा चौथो संस्करणको उपमेयर कप रनिङ शिल्ड खुल्ला महिला भलिबल प्रतियोगिता माघ दोस्रो सातादेखि आयोजना हुने भएको छ ।
प्रतियोगिता माघ १२ गतेदेखि १४ गतेसम्म कुँवरवर्ती इंग्लिस बोर्डिङ स्कुल तिलोत्तमा ८ रुपन्देहीमा हुनेछ । प्रतियोगिताको संयोजन कुँवरवर्ती स्कुलले नै गरेको छ ।
प्रतियोगितामा सहभागिताको लागि माघ ८ गतेसम्म दर्ता मिति तोकिएको छ । दर्ता शुल्क २ हजार रुपैयाँ तोकिएको छ । खेल लिग कम नकआउटको आधारमा हुनेछ । एक टोलीमा १० खेलाडी, १ व्यवस्थापक र १ प्रशिक्षक गरी १२ जना हुनुपर्नेछ ।
यस प्रतियोगितामा १३औं दक्षिण एसियाली खेलकुदमा भाग लिएका र विभागीय टोलीका खेलाडीले खेल्न नपाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले ६१ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । दोस्रो हुनेले ४१ हजार, तेस्रो हुनेले २१ हजार र तेस्रो हुनेले ११ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यस्तै विधागत पुरस्कार सर्वाेत्कृष्ट खेलाडी, स्पाइकर, सेटर, ब्लकर, सर्भर, लिवेरो, अनुशाषित र उदियमान खेलाडीलाई पुरस्कारको व्यवस्था गरिएको छ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।