2 years ago
January 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सुरुवाती सेट गुमाउनुको बावजुत त्यसपछिको तीनै सेटमा जित निकाल्दै बुढानिलकण्ठ भलिबल क्लबले मधेस प्रदेशलाई सातौ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलमा दिनको अन्तिम खेलमा बुढानिलकण्ठले मधेस प्रदेशलाई ३–१ को सेटमा पराजित गरेको हो ।
बुढानिलकण्ठले पहिलो सेट २०–२५ ले गुमाएपनि त्यसपछिको तीनै सेट २५–१५, २५–२१ र २५–१७ ले आफ्नो पक्षमा पार्दै जित निकाल्न सफल भयो । बुढानिलकण्ठका सन्जय बस्नेत खेलको केल्मी प्लेयर अफ दि म्याच घोषित भए । उनले केल्मी नेपालबाट गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।
यस जितसँगै बुढानिलकण्ठले दुई खेलबाट ३ अंक जोड्दै क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अब बुढानिलकण्ठले आफ्नो अन्तिम खेलमा केशवलाल भलिबल प्रशिक्षण केन्द्रसँग खेल्दैछ । यस खेलमा जित निकाल्ने टोली क्वाटरफाइनलमा पुग्नेछ ।
यो समूहमा हेल्प नेपालको ३ अंक छ । लगातार दोस्रो हारसँगै मधेसको अघिल्लो चरण पुग्ने सम्भावना कमजोर बनेको छ । मधेसले दुई खेलमा अंकको खाता खोल्न सकेको छैन । अब मधेसले आफ्नो अन्तिम खेलमा हेल्प नेपालसँग खेल्दैछ । केशवलालको पनि ३ अंक छ ।
च्याम्पियनसिपमा बुधबार महिलातर्फ दुई र पुरुषतर्फ ६ खेल हुँदैछ । महिलातर्फ एभरेष्ट र नयाँ बजार र गण्डकी र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ न्युटन र ढोरपाटन, पुलिस र गण्डकी, हेल्प नेपाल र केशवलाल तथा जावलाखेल सैलुङ बााघढुंगा रामेछापबीच खेल हुँदैछ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।