2 years ago
January 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – कालभैरब उसु क्वानले माघ ९ देखि ११ गते सम्म त्रिपुरेश्वरस्थित सेमी कभर्डहलमा प्रथम ग्रिनफिल्ड उपत्यकाव्यापी खुला जुनियर उसु प्रतियोगिता आयोजना गर्ने भएको छ ।
प्रतियोगितामा ४० भन्दा बढी क्वानका करिब ३ सय खेलाडी सहभागी हुने कार्यक्रमका संयोजक अमर पुलामी मगरले मंगलबार पत्रकार संमेलनमा जानकारी गराए । प्रतियोगितामा सान्सौ विधामा १८ र थाउलु विधामा १७ गरी कुल ३५ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
त्यस्तै कालभैरब उसु क्वानका अध्यक्ष निकेश श्रेष्ठले जुनियर बाटै भविष्यमा प्रतिभावान खेलाडी पहिचान गर्न सकिने र अरुलाई पनि यस्तो प्रतियोगिता आयोजना गर्न उत्प्रेरित गर्ने उद्धेश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।
यस प्रतियोगिताले खेलाडीहरुमा नयाँ जोस र उर्जा थपिनुका साथै खेल स्तर वृद्धमा समेत टेवा पुग्ने अध्यक्ष श्रेष्ठले बताए । करिव ९ लाख ९४ हजार अनुमानित बजेटमा हुन लागेको कालभैरब उसु क्वानका कोषाध्यक्ष विजय सिन्जालीले जानकारी गराए ।
प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुने टिमलाई शिल्ड तथा प्रमाण पत्र प्रदान गरिने साथै थाउलु र सान्सौ विधाका उत्कृष्ट महिला र पुरुष खेलाडीलाई ट्रफीसहित सम्मान गर्ने क्वानका सचिव हरिप्रसाद गोलेले जानकारी दिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]