2 years ago
January 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशको पुरुष भलिबल टोलीले काठमाडौंमा जारी सातौ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।
गण्डकीले न्युटन भलिबल एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलमा गण्डकीले पहिलो सेट २५–१२ ले सहजै आफ्नो पक्षमा गण्डकीले दोस्रो सेटमा पनि २५–१७ को सहज जित निकाल्यो ।
तेस्रो सेटमा अनुभवी खेलाडीलाई विश्राम दिएको गण्डकीले २५–२२ ले खेल आफ्नो पक्षमा पार्दै जित निकाल्न सफल भयो । एक समय २०–१० को आरामदायी स्थितिमा रहेको गण्डकीले त्यसपछि थप ५ अंक जोड्दा १२ अंक गुमाएको थियो ।
गण्डकीका स्पाइकर घनश्याम चौधरी केल्मी प्लेयर अफ दि म्याच घोषित भए । उनले केल्मी नेपालबाट गिफ्ट ह्याम्पर प्राप्त गरे ।
आज नै पुरुषतर्फ अब २ खेलमा प्रतिस्पर्धा हुँदैछ मणिमुकुन्दविरुद्ध दावाली तथा बुढानिलकण्ठविरुद्ध मधेशबीच खेल हुँदैछ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]