default_image

2 years ago

January 10, 2023

पुलिस एनभिए क्लब च्याम्पियनसिपको क्वाटरफाइनलमा

226 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लब काठमाडौंमा जारी सातौ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलमा पुलिसले ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा हरायो ।

पुलिसले ढोरपाटनमाथि २५–१२, २५–२० र २५–११ को सहज जित निकाल्न सफल भयो । पुलिसका स्पाइकर विशाल विक केल्मी प्लेयर अफ दि म्याच घोसषत भए । उनले केल्मी नेपालबाट गिफ्ट ह्याम्पर प्राप्त गरे । आफ्नो समूह ‘सी’ मा लगातार दोस्रो जित निकाल्दै पुलिसले एक खेल बाँकी छँदै अन्तिम आठमा स्थान पक्का गरेको हो ।

यस जितसँगै समूह ‘सी’ मा अपराजित रहेको पुलिसको २ खेलबाट ६ अंक पुगेको छ । न्युटन र ढोरपाटनले अंकको खाता खोल्न सककेो छैन । गण्डकीले आफ्नो पहिलो खेल खेल्दैछ ।

आज नै पुरुषतर्फ अब ३ खेलमा प्रतिस्पर्धा हुँदैछ । आज न्युटनविरुद्ध गण्डकी, मणिमुकुन्दविरुद्ध दावाली तथा बुढानिलकण्ठविरुद्ध मधेशबीच खेल हुँदैछ ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.