2 years ago
January 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एभरेस्ट भलिबल क्लब बुटवललाई पराजित गर्दै साविक विजेता होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब समूह चरणको एक खेल बाँकी छँदै सातौ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।
न्यु डायमण्डले एभेरेस्टलाई हराएर लगातार दुई जितका साथ एक खेल बाँकी छँदै सेमिफाइनलमा पुग्न सफल भएको हो । डायमण्डको जितले नेपाल पुलिस क्लब पनि एक खेल अगावै सेमिफाइनलमा पुगेको छ । एभरेस्ट र नयाँ बजार सामाजिक युवा क्लब अंक विहीन हुँदै बाहिरिएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलमा डायमण्डले एभरेष्टमाथि ३–० को सोझो सेटमा जित निकाल्यो । पहिलो सेटमा २५–७ ले विजयी भएको डायमण्डले दोस्रो सेट २५–१० ले आफ्नो पक्षमा पार्न सफल भयो ।
तेस्रो सेटमा नयाँ खेलाडीलाई माैका दिएकाे डायमण्डले २५–१२ खेल आफ्नो पक्षमा पार्दै जित निकाल्न सफल भयो । डायमण्डकी मिडल ब्लकर वालमिका आचार्य केल्मी प्लेयर अफ दि म्याच घोषित भइन् । उनले केल्मी नेपालबाट गिफ्ट ह्याम्पर प्राप्त गरिन् ।
यस जितसँगै डायमण्डको समूह ‘ए’ मा २ खेलबाट ६ अंक पुगेको छ । पुलिसको पनि समान २ खेलबाट ६ अंक छ । यो समूहको अनितम खेलमा डायमण्ड र पुलिस तथा एभरेष्ट र नयाँबजारबीच प्रतिस्पर्धा हुनेछ । डायमण्ड र पुलिसको विजेता समूह विजेता बन्नेछ ।
आज नै पुरुषतर्फ ४ खेलमा प्रतिस्पर्धा हुँदैछ । पुलिसविरुद्ध ढोरपाटन, न्युटनविरुद्ध गण्डकी, मणिमुकुन्दविरुद्ध दावाली तथाबुढानिलकण्ठविरुद्ध मधेशबीच खेल हुँदैछ ।
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]