2 years ago
January 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबले सातौ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमाथि सहज जित हात पारेको छ ।
एपिएफले जावलाखेलमाथि ३–० को सोझो सेटमा जित निकालेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सोमबार भएको खेलमा एपिएफले तुलनात्मक रुपमा कमजोर जावलाखेलाई पहिलो सेटमा २५–९ ले सहजै हरायो ।
दोस्रो सेटमा २५–१४ को जित निकालेको एपिएफले तेस्रो सेटमा पनि २५–१५ को सहज जित निकाल्न सफल भयो । एपिएफका स्पाइकर टेकराज अवस्थी केल्मी प्लेयर अफ दि म्याच घोषित भए । उनले केल्मी नेपालबाट गिफ्ट ह्याम्पर प्राप्त गरे ।
जितसँगै एपिएफले समूह ‘बी’ मा ३ अंक बटुलेको छ । जावलाखेल अंकविहीन रहँदा रामेछापको शैलुङ बाघढुंंगाले खेल खेलेको छैन ।
च्याम्पियनसिप अन्तरगत मंगलबार महिलामा दुई र पुरुषमा ४ गरी ६ खेल हुनेछ । महिलातर्फ एपिएफविरुद्ध गण्डकी र न्यु डायमण्डविरुद्ध एभरेस्ट तथा पुरुषतर्फ पुलिसविरुद्ध ढोरपाटन, न्युटनविरुद्ध गण्डकी, मणिमुकुन्दविरुद्ध दावाली र बुढानिलकण्ठविरुद्ध मधेशबीच प्रतिस्पर्धा हुनेछ ।
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]