2 years ago
January 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एक्टिभ एकेडेमी बसुन्धाराले कराते खेलाडी सुमन तिमल्सिनालाई सोमबार स्पोर्ट्स ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ ।
एक्टिभका अध्यक्ष प्रा.डा. गोपीलाल न्यौपाने र प्रिन्सिपल लक्ष्मण घिमिरेले सुमनलाई एक कार्यक्रमबीच नियुक्ति पत्र प्रदान गरे ।अध्यक्ष न्यौपानेले कराते खेल मार्फत राष्ट्रलाई थुप्रै अन्तर्राष्ट्रिय पदक दिलाउने खेलाडीसंग जोडिन पाउँदा खुशी लागेको बताउदै एकेडेमीको खेलकुदलाई प्रवद्र्धन गर्न सुमनले विशेष योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
सुमनले ब्रान्ड एम्बासडरमा नियुक्त गरेकोमा एक्टिभ परिवारलाई धन्यवाद दिदै एक्टिभलाई खेलकुदमा अझ चलायमान बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।
सुमनले एक्टिभमा खेलाडीलाई छात्रवृत्ति र विशेष छुटमा अध्ययनका लागि पहल गर्ने बताए । सुमनले बंगालदेशमा भएको तेश्रो कन्टिनेन्टल एसियाली करातेमा स्वर्ण, श्रीलंकामा भएको प्रथम अन्तर्राष्ट्रिय करातेमा स्वर्ण जितेका छन् ।
यस्तै भारतमा भएको छैटौं एसियाली गोजुरियो करातेमा रजत, मलेसियामा भएको प्रथम एसियाली प्यासिफिक गोजुरियो करातेमा कांस्य, जर्मनीमा भएको चेम्निज ओपन करातेमा स्वर्ण तथा टोरोन्टो अन्तर्राष्ट्रिय मार्सल आर्ट्स इ कातामा स्वर्ण जितेका थिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]