2 years ago
January 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – गत मंसिर ४ मा भएको आम चुनावमार्फत गण्डकी प्रदेश सभामा निर्वाचित हुन सफल राष्ट्रिय खेलकुद परिषद्का पूर्व कर्मचारी प्रकाश बराललाई राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले सोमबार बधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गरेको छ ।
सांसद बराल राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघको पूर्व उपाध्यक्ष र सचिव समेत रहिसकेका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बरालले राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत रहँदा गरेका कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि बरालले खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
सांसद बरालले सार्वजनिक जीवनमा खेलकुद क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै खेलकुदकै कारण समाजमा प्रतिष्ठित भएको र यसैका कारण निर्वाचनमा जित प्राप्त गर्न सफल भएको भन्दै खेलकुद क्षेत्र र कर्मचारी साथीहरुको सदा माया र ममता पाईरहने विश्वास ब्यक्त गर्दै आगामी दिनमा अझ उदाहरणिय कार्य गर्न प्रेरणा मिल्ने बताए ।
कर्मचारी संघका अध्यक्ष रञ्जन थापाले सांसद बरालले खेलकुदमा कार्य गर्दा र कर्मचारी संघमा रहेर कार्य गर्दा सदा खेलकुद र कर्मचारी हकहितका लागि समर्पित रहेको भन्दै आगामी दिनमा सामाजिक तथा राज्यको नीति निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा विश्वस्त रहेको भन्दै सफल कार्यकालको शुभकामना ब्यक्त गरे ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का विभागिय प्रमुखहरु तथा कर्मचारीहरुले साँसद बराललाई माला, खादा र अविर लगाई बधाई तथा शुभकामना ब्यक्त गरे ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]