2 years ago
January 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – तीन पाकिस्तानी राष्ट्रिय खेलाडी सम्मिलित उपाधि दावेदार टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले काठमाडौंमा जारी सातौं राष्ट्रिय एनभिए क्लब पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ विजयी सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सोमबार भएको खेलमा ह्ल्प नेपालले बुढानिलकण्ठ भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियनसिपमा विजयी सुरुवात गरेको हो ।
पहिलो सेटमा २५–१६ को सेटमा जित निकालेको हेल्न नेपालले दोस्रो सेट २५–१९ ले जित्न सफल भयो । हेल्प नेपालले तेस्रो सेट पनि सहजै २५–१९ ले जित्न सफल भयो । हेल्प नेपालको सहज जितमा पाकिस्तानी टोलीका समेत कप्तान रहेका मुवासर राजाले सानदार प्रदर्शन गरे । उनी नै खेलको केल्मी प्लेयर अफ दि म्याच घोषित भए ।
आज नै पुरुषतर्फ अब ३ खेलमा प्रतिस्पर्धा हुँदैछ । केशवलाल मेमोरियल भलिबल क्लब र मधेश प्रदेश, आर्मी र मणिमुकुन्द भलिबल क्लब तथा एपिएफ जावलाखेल भलिबल ट्रेनिङ सेन्टरबीच प्रतिस्पर्धा हुँदैछ ।
November 26, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को टोली कर्णाली याक्समा अनुबन्ध भएका हङकङका बाबर हायत नेपाल आइपुगेका छन् । मंगलवार आफ्नो दोस्रो विदेशी खेलाडीको रुपमा हायत काठमाडौं आईपुगेको कर्णालीले जनाएको छ । मंगलवार काठमाडौं आईपुगेका हायतलाई कर्णालीका मालिक झनक दत्त खनाल, सह मालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरेका थिए। ३२ […]
November 26, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)को लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले सूर्य प्लाईसँग प्रायोजन सम्झौता गरेको छ । सुदूरपश्चिमले स्ट्रेन्थ पार्टनरको रुपमा सूर्य प्लाईको साथ पाएको हो । मंगलवार सवारागी प्लाईवुड इन्डस्ट्रिजका प्रबन्ध निर्देशक देव आनन्द सवारागी र सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश खड्काले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतापछि सिइओ खड्काले […]
November 26, 2024
एजेन्सी – युवा ओपनर सइम अयुबको शतक सहयोगमा पाकिस्तानले दोस्रो ओडिआई खेलमा घरेलु टोली जिम्बाब्वेमाथि सहज जित हात पारेको छ । मंगलवार भएको खेलमा पाकिस्तानले जिम्बाब्वेमाथि १० विकेटको सहज जित हात पार्यो । जितका साथ ३ खेलको ओडिआई सिरिजमा पाकिस्तानले १-१ को बराबरी गरेको छ । जिम्बाब्वेले दिएको १ सय ४६ रनको सामान्य लक्ष्य पाकिस्तानले […]