2 years ago
January 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भारोत्तोलन संघका प्रथम उपाध्यक्ष पार्थ सारथी सेन गुप्त एसिायली भारोत्तोलन संघको कार्यकारी समितिको सदस्यमा निर्वाचित भएका छन् ।
४४ राष्ट्रका मतदाता मध्ये गुप्त ३८ मतसहित सदस्यमा निर्वाचित भएको भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले जनाएका छन् ।
यसअघि गुप्त एसियाली भारोत्तोलन संघअन्तर्गत प्राविधिक कमिटीका सचिव थिए । पुस २१ गते कतारको दोहोमा भएको चुनावी साधारणसभामा अध्यक्ष श्रेष्ठ, गुप्तसहित महासचिव तिलक राउत सहभागी थिए ।
अध्यक्ष श्रेष्ठले गुप्त निर्वाचित भएकोमा बधाइ दिदै एसियाली भारोत्तोलन संघमा नेपालको उपस्थितिले सिंगो नेपाली भारोत्तोलनको विकासमा अझ टेवा पुग्ने विश्वास व्यक्त गरे ।
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]
January 30, 2025
एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको योगदान […]
January 30, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]