2 years ago
January 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आईटीएफ एसिया यु–१४ डेभलपमेन्ट च्याम्पियनसिपको दक्षिण-दक्षिण पूर्वी-पूर्वी एसिया क्षेत्रीय छनोट प्रतियोगितामा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली लनटेनिस टोली शनिबार बंगलादेशको ढाका प्रस्थान गरेको छ ।
जनवरी ९ देखि १९ तारिखसम्म हुने प्रतियोगितामा २–२ ब्वाइज– गल्स खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । ब्वाइजमा दर्शिल श्रेष्ठ र निशाद जोशी तथा गल्र्समा शिभाली गुरुङ र स्वस्तिका विष्ट रहेका छन् । प्रशिक्षकमा कान्छा खड्गे छन् ।
प्रतियोगितामा १६ राष्ट्रको सहभागिता रहने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् । प्रत्येक राष्ट्रबाट २–२ ब्वाइज – गल्स गरी ४ खेलाडी सहभागी हुन पाउने प्रावधान छ ।
टोलीलाई सफलताको शुभकामना दिदै नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा आयोजित एक कार्यक्रमबीच बिदाइ गरिन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]