default_image

2 years ago

January 4, 2023

टेवल टेनिसका संयोग र रुविनलाई बिदाई

237 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) ले कतारमा यसै सातादेखि आयोजना हुने एसियाली टेवल टेनिस च्याम्पियनसिप (फाइनल स्टेज) मा सहभागिता जनाउन जाने दुई नेपाली पुरुष खेलाडीलाई बिदाई गरेका छन् ।

नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले दुई खेलाडी रुविन महर्जन र संयोग कपाली (ओलम्पिक छात्रवृत्ति) लाई बुधबार नेपाल ओलम्पिक कमिटिको मुख्यालय सातदोबाटोमा बिदाई गरेका हुन् ।

एसियाली फाइनल स्टेज कतारमा जनवरी ७ देखि १३ सम्म हुँदैछ । अध्यक्ष श्रेष्ठले सहभागिहरुलाई शुभकामना दिँदै आत्मविश्वास नै सफलताको मूल आधार भएको बताए । नेपालबाट पुरुषमा ५ र महिलामा एक गरी ६ खेलाडी छनोट भएपनि दुई जनाले मात्रै सहभागिता जनाउने भएका हुन् ।

गत मंसिरमा काठमाडौंमा भएको दक्षिण एसियाली क्षेत्रीया च्याम्पियनसिपको छनोटमा शीर्ष १६ मा पर्दै नेपालबाट ६ खेलाडी छनोट भएका थिए । पुरुषतर्फ संयोग कपाली, रुविन महर्जन, बिनेश खनिया, शिव सुन्दर गोथे र प्रदीप रोक्का र महिलामा नेपालको शीर्ष वरियताकी नविता श्रेष्ठ छनोट हुन सफल भएकी थिइन् ।

बिदाई कार्यक्रममा एनओसी सदस्य रमेश शिवाकोटी, अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्य, कोषाध्यक्ष तेजेन्द्र सिंह महरा, सञ्जीव ढुंगेल, दक्षिण एसियाली टेबलटेनिस महासंघका महासचिव शंकर गौतम, एनओसी मेडिकल कमिसनका अध्यक्ष डा.सरोजकृष्ण श्रेष्ठ, डा नविसमान सिंह प्रधान र डा.ज्ञानेन्द्र शाहको उपस्थिति रहेको थियो ।

April 24, 2025

आयोजक चन्द्रगढी भेट्रान फुटबलको फाइनलमा

हिमाल खरेल,भद्रपुर आयोजक चन्द्रगढी भेट्रान क्लब गम्भीर राई स्मृति पाँचौँ चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरको मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा दुधे भेट्रान क्लबमाथि ३-० को जित निकाल्दै आयोजक उपाधि नजिक पुगेको हो। चन्द्रगढीका लागि सुवास खड्काले खेलको २३ औँ र ४७ औँ मिनेटमा गोल गरे‌। सन्तोष बस्नेतले […]

April 23, 2025

मणिमुकुन्द कप भलिबल -आर्मी र गण्डकीको जित

सुमन अधिकारी, बुटवल गण्डकी प्रदेश भलिबल संघ र त्रिभुवन आर्मी क्लब बुटवलमा जारी १० औं मणिमुकुन्द कप भलिबल प्रतियोगितामा आज विजयी भएका छन्। पाँचौ दिन बुधवार पहिलो खेलमा गण्डकीले गल्कोट भलिबल क्लबलाई प्रतिस्पर्धामा खेलमा‌३–२ सेटमा पराजित गर्दै सेमिफाइनल पुग्ने आशालाई जिवित राखेको छ । आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लबसंग पराजय भएको गण्डकीले दोस्रो खेलमा […]

April 22, 2025

दिल्लीलाई मध्यम लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई जितको लागि १ सय ६० रनको चुनौति दिएको छ। दिल्लीले टस जितेर फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५९ रन‌ मात्र बनायो। सुरूवात राम्रो गरेपनि लखनउका मात्र डर अर्डरका खेलाडीको प्रदर्शन कमजोर रहयो। एडन मारक्रम र मिचेल […]

Success

Thank you for your time.