2 years ago
January 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एभीसी इन्टरनेसनल भलिबल रेफ्री विकास गुरुङ सम्मानित भएका छन् । तमु ह्युल छोजधीँ राष्ट्रिय परिषद काठमाडौंले उनलाई तमु ल्होसार २०७९ को अवसरमा सम्मानित गरेको हो ।
उनलाई प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले सम्मानपत्र प्रदान गरे । गुरुङ समुदायबाट एकमात्र अन्तर्राष्ट्रिय भलिबल रेफ्री रहेका उनलाई खेलकुदको क्षेत्रबाट सम्मानित गरिएको हो ।
सम्मानका लागि उनलाई गोरखा पाँचकोट तमु समाज काठमाडौंले सिफारिस गरेको थियो । गोरखाका गुरुङ विगत २०६८ देपख वर्षदेखि भलिबल रेफ्री रहेका छन् ।
उनी २०७२ मा अन्तर्राष्ट्रिय भलिबल रेफ्री बनेका थिए । उनले घरेलु भुमिसँगै अन्तर्राष्ट्रिय खेल खेलाइसकेका छन् ।
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]