2 years ago
January 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – जे गरौ, गज्जवले गरौ भन्ने नाराका साथ नुवाकोटको वेलकोटगढी नगरपालिका वडा नम्बर ५ को आयोजना तथा एथलेटिक्स परिवारको प्राविधिक सहयोगमा सञ्चालन हुने सातौ झिल्टुङ क्रस कन्ट्री दौड माघ १४ गते शनिबार हुने भएको छ ।
आयाेजक वेलकोटगढी नगरपालिका वडा नम्बर ५ ले प्रेस विज्ञप्ति जारी गर्दै झिल्टुङ क्रस कन्ट्री दौड माघकाे १४ गते हुने जनाएकाे छ । प्रतियोगिताको १३.५ किमि पुरुष तथा महिला विजेतालाई १५ हजार, दोस्रोलाई १० हजार र तेस्रो हुनेलाई समान ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
स्थानीय बेलकोटगढी नगरपालिका भित्रका पुरुष विजेतालाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रो हुनेलाई समान ५ हजार रुपैयाँ प्रदान गरिनेछ । ४.५ किमिको खुल्ला जुनियर छात्र तथा छात्रालाई समान ६ हजार, दोस्रो हुनेलाई ४ हजार र तेस्रो हुनेलाई २ हजार रुपैयाँ प्रदान गरिनेछ ।
स्थानीय छात्र, छात्रातर्फ विजेतालाई ६ हजार, दोस्रोलाई ४ हजार र तेस्रो २ हजार रुपैयाँ पुरस्कारको ब्यवस्था गरिएको छ । ४.५ किमिको ४५ वर्ष माथिका स्थानीय पुरुष विजेतालाई ६ हजार, दोस्रोलाई ४ हजार र तेस्रो २ हजार तथा १३.५ किमि.खुल्ला भेट्रान खुल्ला पुरुषतर्फ विजेतालाई ८ हजार, दोस्रोलाई ६ हजार र तेस्रोलाई ४ हजार प्रदान गरिने छ ।
त्यस्तै ४. ५ किमीको आमा समुह दौडका विजेताले १२ हजार, ९ हजार र ६ हजार रुपैयाँको पुरस्कार प्राप्त गर्नेछन् । उक्त दौड प्रतियोगितामा करीव ५०० खेलाडीहरुले भाग लिने अनुमान गरीएको र प्रतियोगिताको अनुमानित खर्च १० लाख रुपैयाँ रहेको छ ।
उक्त दौड प्रतियोगिता कोल्पुटारबाट सुरु भएर बेलिनी, छाप, राजओडार, खड्गाछाप, सालचौर हुँदै पुन कोल्पुटारमा आएर समापन हुनेछ ।
प्रतियोगिताको व्यवस्थापकमा बेल्कोटगढी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष मदन भुजेल र संयोजकमा एथलेटिक्स परिवार, नेपालका सल्लाहकार मोहन नेपाल रहेका छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]