default_image

2 years ago

January 2, 2023

पदक विजेता बिच भलिबल टोलीलाई सदस्यसचिव घिसिङको बधाई

262 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष तथा महिला बिच भलिबल च्याम्पियनसिपमा रजत पदक जित्न सफल खेलाडीसहितको टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले सोमबार बधाई दिएका छन् ।

सदस्य–सचिव घिसिङले ६ सदस्यीय टोली र संघका पदाधिकारीलाई त्रिपुरेश्वरस्थित राखेपको सभाकक्षमा भेट गरी सफलताका लागि बधाई दिएका हुन् ।

बंगलादेशको कक्स बजारमा शुक्रबार सम्पन्न भएको च्याम्पियनसिपमा नेपालको पुरुष-महिला दुवै टोलीले च्याम्पियनसिपमा रजत पदक जित्न सफल भएको थियो । पुरुषमा मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीले तथा महिलामा कोपिला उप्रेती र कमला पुनको जोडी सहभागी थिए ।

मान र दिलको जोडी फाइनलमा माल्दिभ्सको जोडीसँग तथा कोपिला र कमलाको जोडी श्रीलंकाको जोडीसँग पराजित हुँदै रजतमा समेटिन पुगेको थियो ।

बिच भलिबलमा नेपालले अन्तर्राष्ट्रिय भलिबल महासंघ (फिभ) र एसियन भलिबल कन्फेडेरेसन (एभीसी) बाट मान्यता च्याम्पियनसिपमा पहिलोपटक पदक जित्न सफल भएको हो ।

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

Success

Thank you for your time.