2 years ago
January 2, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मामा–भान्जा, ब्रदर्श, कन्च र सैलुङ बाघढुंगा राजधानीमा जारी प्रथम ढोरपाटन फोर ए साइड (पार्क) भलिबल च्याम्पियनसिपकाे सेमिफाइनलमा प्रवेश गरेका छन् ।
नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा सोमबार भएको पहिलो क्वाटरफाइनलमा किङ्स क्लब काठमाडौंलाई २९–२७ र २५–१६ ले पराजित गरी सैलुङ बाघढुंगा स्पोर्ट्स क्लब रामेछाप अन्तिम चारमा पुग्न सफल भएको हो ।
दोस्रो क्वाटरफाइनलमा कन्चन स्पोर्ट्स क्लबले आयोजक ढोरपाटन ‘ए’ लाई २५–२२ र २५–१६ ले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भयो । यस्तै तेस्रो क्वाटरफाइनलमा ब्रदर्श स्पोर्ट्स क्लबले नेपाल गणतान्त्रिक खेलकुद महासंघलाई २५–१९ र २५–२२ ले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भयो ।
अन्तिम क्वाटरफाइनलमा मामा–भान्जा टिमले बुढानिलकण्ठ भलिबल क्लबलाई २५–१७, २१–२५ र २५–१६ ले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भयो । त्यसअघि मामा–भान्जाले रुवी भ्यालीलाई २५–१३ र २५–२१ ले पराजित गरी क्वाटरफाइनलमा स्थन बनाएको थियो ।
सोमबारै ब्रदर्श स्पोर्ट्स क्लब र मामा–भान्जा टिमबीच सेमिफाइनलमा प्रतिस्पर्धा भएपनि लाइट प्रोटेस्टका कारण खेल स्थगित भएको छ । दुवै टोलीले समान दुई सेट जित हात पारेपछि खेल लाइट प्रोटेस्टका कारण हुन नसकेको आयोजक ढोरपाटन क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी गराए ।
अब मंगलबार दुई सेमिफाइनलसँगै फाइनल र तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । सेमिफाइनलमा ब्रदर्श र मामा भान्जा तथा सैलुङ र कन्चनबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ, कप र गोल्ड मेडल प्राप्त गर्नेछ । दोस्रो हुनेले ५० हजार, कप र सिल्भर मेडल प्राप्त गर्नेछ । तेस्रो हुनेले २५ हजार रुपैया, कप र ब्रन्ज मेडल प्राप्त गर्नेछ । चौथो हुनेले १५ हजार रुपैया हात पार्नेछ ।
च्याम्पियनसिपको सर्वाेत्कृष्ट खेलाडीले ६ हजार रुपैया तथा व्यक्तिगत विधातर्फ पनि जनही ३ हजार रुपैया प्रदान गरिने आयोजकले जनाएको छ ।
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]