2 years ago
December 31, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक ढोरपाटन स्पोर्ट्स क्लब ‘ए’, किङ्स क्लब र बुढानिलकण्ठ भलिबल क्लब समुह विजेता बन्दै प्रथम ढोरपाटन फोर ए साइड (पार्क) भलिबल च्याम्पियनसिपका प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा शनिबार जेनेक्स भलिबल क्लबलाई २५–१८ र २५–१३ को सोझो सेटमा पराजित गर्दै ढोरपाटन ‘ए’ समूह ‘ए’ को विजेता बनेको हो । हारको बावजुत जेनेक्स समूह उपविजेता बनेको छ ।
यस्तै किङ्स क्लबले रुवी भ्याली २०–२५, २५–१६ र २५–२० ले पराजित गर्दै समूह ‘एफ’ को विजेता बनेको छ । हारका बावजुत रुवी भ्याली उपविजेता बनेको छ ।
सैलुङ स्पोर्ट्स क्लबलाई २५–२१ र २५–१६ ले पराजित गर्दै बुढानिलकण्ठ भलिबल क्लब समूह ‘जी’ को विजेता बनेको छ । बुढानिलकण्ठसँग पराजित हुनुअघि आर आर क्याम्पसलाई २५–२० र २५–१७ हराएको सैलुङ स्पोर्ट्स क्लब पनि समूह उपविजेता बनेको छ ।
यस्तै घोराखारी युवा क्लबलाई २३–२५, २५–२० र २५–२० ले पराजित गरी न्युटन ‘डी’ समूह ‘ई’ को विजेता बनेको छ । खोटाङ टिमलाई २५–१५ र २५–२१ ले हराएको घोराखारी पनि समूह उपविजेताको रुपमा अघि बढेको छ ।
यस्तै ढोरपाटन ‘सी’ पनि समूह ‘बी’ को विजेता बनेको छ । समूह विजेता बन्ने क्रममा ढोरपाटनले मैदान स्पोर्ट्स क्लबमाथि २५–१७ र २६–२४ को जित निकाल्यो । मैदान पनि उपविजेताको रुपमा अघि बढेको छ ।
एन्जल्स हार्ट कलेजलाई २५–१३ र २५–२१ पराजित गर्दै कञ्चन स्पोर्ट्स समूह ‘डी’ को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको छ । यो समूहबाट ब्रदर्श स्पोर्ट्स क्लब समूह विजेता बनिसकेको छ ।
ढोरपाटन स्पोर्ट्स क्लबको आयोजनामा १८ पुससम्म चल्ने प्रतियोगितामाप्रतियोगितामा विभिन्न २३ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोलीले प्रि–क्वाटरफाइनलमा स्थान बनाउनेछन् ।
प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ, कप र गोल्ड मेडल प्राप्त गर्नेछ । दोस्रो हुनेले ५० हजार, कप र सिल्भर मेडल प्राप्त गर्नेछ । तेस्रो हुनेले २५ हजार रुपैया, कप र ब्रन्ज मेडल प्राप्त गर्नेछ । चौथो हुनेले १५ हजार रुपैया हात पार्नेछ ।
च्याम्पियनसिपको सर्वाेत्कृष्ट खेलाडीले ६ हजार रुपैया तथा व्यक्तिगत विधातर्फ पनि जनही ३ हजार रुपैया प्रदान गरिने आयोजकले जनाएको छ ।
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]