2 years ago
December 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ब्रदर्श स्पोर्ट्स क्लब, ढोरपाटन ए र किङ्स क्लब पहिलो ढोरपाटन फोर ए साइड (पार्क) भलिबल च्याम्पियनसिपका प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा शुक्रबार एन्जल्स हार्ट कलेजलाई २५–९ र २५–१७ को सोझो सेटमा पराजित गरी अन्तिम १६ मा पुग्न सफल भएको हो । अब यो समूहबाट कञ्चन स्पोर्ट्स क्लब र एन्जल्स हर्टबीचको विजेताले समुह उपविजेता बनेर अघि बढ्नेछ ।
यस्तै पोल ‘ए’ बाट ढोरपाटन क्लबले न्युटन ‘ए’ लाई २५–१३ र २५–२१ ले पराजित गरी प्रि–क्वाटरफाइनलमा पुगेको छ । ढोरपाटनको जितले जेनेक्स भलिबल क्लब पनि अन्तिम १६ मा पुग्दा न्युटन बाहिरिएको छ ।
यस्तै ढोरपाटन ‘सी’ ले न्युटन बी लाई १२–२५, २५–२१ र २५–२२ ले पराजित गर्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गर्दा मैदान स्पोर्टस् क्लब पनि अन्तिम १६ मा पुगेको छ । न्युटन बी बाहिरिएको छ । यस्तै न्युटन ‘ई’ माथि २५–२२ र २५–१५ को जित निकाल्दै किङ्स क्लब तथा रुवी भ्यालीले पनि न्युटनलाई २५–२० र २५–१५ ले हराएर अन्तिम १६ मा पुगेको छ ।
पोल ‘सी’ मा सिवाइसीले न्युटन सी २५–१७, १८–२५ र २५–१८ ले पराजित गर्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गर्दा गणतन्त्रिक पनि अन्तिम १६ मा पुगेको छ । यस्तै मामा भान्जाले पर्वत गेस्ट हाउसलाई २६–२४ र २५–१२ ले पराजित गरेको छ ।
ढोरपाटन स्पोर्ट्स क्लबको आयोजनामा १८ पुससम्म चल्ने प्रतियोगितामाप्रतियोगितामा विभिन्न २३ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोलीले प्रि–क्वाटरफाइनलमा स्थान बनाउनेछन् ।
प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ, कप र गोल्ड मेडल प्राप्त गर्नेछ । दोस्रो हुनेले ५० हजार, कप र सिल्भर मेडल प्राप्त गर्नेछ । तेस्रो हुनेले २५ हजार रुपैया, कप र ब्रन्ज मेडल प्राप्त गर्नेछ । चौथो हुनेले १५ हजार रुपैया हात पार्नेछ ।
च्याम्पियनसिपको सर्वाेत्कृष्ट खेलाडीले ६ हजार रुपैया तथा व्यक्तिगत विधातर्फ पनि जनही ३ हजार रुपैया प्रदान गरिने आयोजकले जनाएको छ ।
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]