default_image

2 years ago

December 29, 2022

सेन्ट्रल जोन बिच भलिबलमा नेपाल दोस्रो

233 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको कोपिला उप्रेती र कमला पुनको जोडी बंगलादेशको कक्स बजारमा जारी एसियन सेन्ट्रल जोन सिनियर पुरुष र महिला बिच भलिबल च्याम्पियनसिप अन्तरगत महिलातर्फ दोस्रो भएको छ ।

बंगलादेशको कक्सबजारस्थित डल्फिन बिचमा बिहीबार श्रीलंकाकी चथुरिका र दीपिकाको जोडीसँग २–० को सोझो सेटमा पराजित हुँदै दोस्रो भएको हो ।

समूह चरण र सेमिफाइनलमा राम्रो प्रदर्शन गरेको नेपाली टोली फाइनलमा भने बलियो मानिएको श्रीलंकाको चथुरिका र दीपिकाको जोडीसँग निरिह बन्न पुग्यो । नेपाली टोलीले पहिलो र दोस्रो सेट समान ११–२१ र ११–२१ ले गुमाउन पुग्दा च्याम्पियन बन्नबाट वञ्चित रह्यो ।

यसअघि कोपिला र कमलाको जोडीले सेमिफाइनलमा उज्वेकिस्तानकी सतिभोलदिभा र जमोलोभाको जोडीलाई २१–१२ र २१–१४ ले हराउँदा लिग चरणमा उज्वेकिस्तानकी सुल्तानबोइभा र कुचकोरोभाको जोडीमाथि २१–१६ र २१–१५ र बंगलादेशकी अख्तर र खातुनमाथि २१–१८ र २१–१८ को सोझो सेटमा हराएर पोल विजेता बनेको थियो ।

महिलातर्फ बंगलादेश र उज्वेकिस्तानको समान दुई टोली तथा नेपाल र श्रीलंकाको समान एक टोली गरी कुल ६ टोलीको सहभागिता रहेको थियो ।

यस्तै पुरुषतर्फ मान बहादुर श्रेष्ठ र दिल सुनारको नेपाली जोडी फाइनलमा प्रवेश गरेको छ । मानबहादुर र दिलको जोडीले किर्गिस्तानको मोडेबेक उलुलु र जिनबेक उलुलुको जोडीमाथि २–० को सोझो सेटमा जित निकाल्दै फाइनलमा पुग्न सफल भयो ।

पहिलो सेटमा २६–२४ को प्रतिस्पर्धात्मक जित निकालेको नेपालले त्यसपछि दोस्रो सेटमा भने २१–१३ को सहज जित निकाल्यो । अब मान र दिलको जोडीले उपाधिका लागि शुक्रबार माल्दिभ्सको एडाम र स्मेलको जोडीसँग प्रतिस्पर्धा गर्नेछ ।

पुरुषतर्फ बंगलादेशसँगै नेपाल, किर्गिस्तान, भुटान र माल्दिभ्सको सहभागिता रहेको छ ।

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

Success

Thank you for your time.