2 years ago
December 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको कोपिला उप्रेती र कमला पुनको जोडी बंगलादेशको कक्स बजारमा जारी एसियन सेन्ट्रल जोन सिनियर पुरुष र महिला बिच भलिबल च्याम्पियनसिप अन्तरगत महिलातर्फको फाइनलमा प्रवेश गरेका छन् ।
बंगलादेशको कक्सबजारस्थित डल्फिन बिचमा उज्वेकिस्तानकी सतिभोलदिभा र जमोलोभाको जोडीलाई २–० को सोझो सेटमा हराएर फाइनलमा पुग्न सफल भएको हो । कोपिला र कमलाको जोडीले २१–१२ र २१–१४ को सेटमा हराउन सफल भयो ।
यसअघि कोपिला र कमलाको जोडीले लिग चरणमा उज्वेकिस्तानकी सुल्तानबोइभा र कुचकोरोभाको जोडीमाथि २१–१६ र २१–१५ को सोझो सेटमा तथा दोस्रो खेलमा बंगलादेशकी अख्तर र खातुनमाथि २१–१८ र २१–१८ को सोझो सेटमा हराएर पोल विजेता बनेको थियो । फाइनल आज नै हुने टोलीका व्यवस्थापक जुनु पुनले जानकारी गराइन् । नेपालले श्रीलंकाकाे जाेडीसँग खेल्नेछ ।
यस्तै पुरुषतर्फ मान बहादुर श्रेष्ठ र दिल सुनारको नेपालको जोडी आफ्नो पोलमा लगातार तेस्रो जित निकाल्दै पोल विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । आज (बिहीबार) भएको पोलको अन्तिम खेलमा मानबहादुर र दिलको जोडीले बंगलादेशका नुर नावी र सेफ उद्धिनको जोडीलाई २१–८ र २१–१४ ले पराजित गर्दे पोल ‘ए’ को विजेता बनेको हो ।
मानबहादुर र दिलको जोडीले पहिलो खेलमा बंगलादेशका विश्वास पाभेलको जोडीमाथि २१–१८ र २१–१९ को सेटमा जित निकाल्दा अर्काे खेलमा माल्दिभ्सका अहमेद र सामेलको जोडीलाई १७–२१, २१–१४ र १५–९ को सेटमा जित निकालेको थियो ।
पुरुषतर्फ बंगलादेशसँगै नेपाल, किर्गिस्तान, भुटान र माल्दिभ्सको सहभागिता रहेको छ । महिलातर्फ बंगलादेश र उज्वेकिस्तानको समान दुई टोली तथा नेपाल र श्रीलंकाको समान एक टोली गरी कुल ६ टोली रहेका छन् ।
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]