8 years ago
December 28, 2016
दिपेन्द्र पोखरेल टंकी सिवारी (मोरङ) – सातौं राष्ट्रिय खेलकुदमा भलिबलपछि ह्यान्डबल रेफ्रीपनि कुटिएका छन् ।
नेपाली सेनाविरुद्धको समुह चरणको खेल दौरान पश्चिमाञ्चलका खेलाडीले भारतीय रेफ्रीलाई हातपात गरेपछि खेल केही बेर रोकिएको थियो । दोस्रो हाफमा आर्मीले खेलमा अग्रता बनाइरहेको अवस्थामा विवाद भएको थियो ।
विवाद मथ्थर भएर खेल सुरु भएपछि खराब प्रकाशको कारण देखाउँदै पश्चिमाञ्चलका खेलाडीले खेल्न मानेनन् । नियमानुसार पुनः खेलाउँदा पुन सुरुबाटै खेलाउनु पर्ने हुन्छ ।
यसैबीच रेफीमाथी दुर्व्यवहार गरेकाले , पश्चिमाञ्चलका प्रशिक्षक जीवन बस्नेत र तीन खेलाडी विमल अधिकारी, सुरज देवकोटा र प्रतिक भुजेललाई एक बर्षको प्रतिबन्ध लगाइएको छ । मंगलबार पश्चिमाञ्चलकै खेलाडीले भलिबलका रेफ्रीलाई हातपात गरेका थिए ।
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]