2 years ago
December 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सानो काभ्रे र लाखाजुङ दोस्रो संस्करणको आरपी गुरुङ कप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बुधबार भएको क्वाटफाइनलमा सफलता हात पार्दै सानो काभ्रे र लाखाजुङले अन्तिम चारमा स्थान पक्का गरेका हुन् । परिवर्तन युवा क्लब दुधपोखरी ५ कोल्की–सिम्ले लमजुङको नव निर्मित रंगशालामा बुधबार भएको क्वाटरफाइनलमा सानो काभ्रेले डाडाथोकलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भयो ।
यस्तै अर्काे क्वाटरफानलमा लाखाजुङले प्यारजुङ युथ क्लबलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । अर्काे खेलमा साल्मेले गोरखा थालाजुङलाई ३–१ ले तथा कोल्कीले बेत्यानीलाई २–० ले पराजित गरेको छ । यि दुई टोलीबीच विजयी हुने टोलीले सिम्लेसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
परिवर्तन युवा क्लब दुधपोखरी ५ कोल्की–सिम्लेको आयोजनाका भएको प्रतियोगिताको विजेताले ७० हजार रुपैयाँ, आरपी कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुनेले ३५ हजार रुपैयाँ, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र म्यान अफ दि म्याचले समान ३ हजार रुपैया, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
November 26, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को टोली कर्णाली याक्समा अनुबन्ध भएका हङकङका बाबर हायत नेपाल आइपुगेका छन् । मंगलवार आफ्नो दोस्रो विदेशी खेलाडीको रुपमा हायत काठमाडौं आईपुगेको कर्णालीले जनाएको छ । मंगलवार काठमाडौं आईपुगेका हायतलाई कर्णालीका मालिक झनक दत्त खनाल, सह मालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरेका थिए। ३२ […]
November 26, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)को लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले सूर्य प्लाईसँग प्रायोजन सम्झौता गरेको छ । सुदूरपश्चिमले स्ट्रेन्थ पार्टनरको रुपमा सूर्य प्लाईको साथ पाएको हो । मंगलवार सवारागी प्लाईवुड इन्डस्ट्रिजका प्रबन्ध निर्देशक देव आनन्द सवारागी र सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश खड्काले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतापछि सिइओ खड्काले […]
November 26, 2024
एजेन्सी – युवा ओपनर सइम अयुबको शतक सहयोगमा पाकिस्तानले दोस्रो ओडिआई खेलमा घरेलु टोली जिम्बाब्वेमाथि सहज जित हात पारेको छ । मंगलवार भएको खेलमा पाकिस्तानले जिम्बाब्वेमाथि १० विकेटको सहज जित हात पार्यो । जितका साथ ३ खेलको ओडिआई सिरिजमा पाकिस्तानले १-१ को बराबरी गरेको छ । जिम्बाब्वेले दिएको १ सय ४६ रनको सामान्य लक्ष्य पाकिस्तानले […]