2 years ago
December 28, 2022
धरान (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सुर्य नेपाल इस्टर्न ओपनको दोस्रो दिन नेपाल नम्बर एक शुक्र बहादुर राईले चार स्ट्रोकको अग्रता बनाउन सफल भएका छन् ।
पार–७० को धरान गल्फ क्लबको कोर्समा बुधबार उनले बोगीरहित ६–अन्डर ६४ को कार्ड तयार पार्दा समग्रमा १०–अन्डर १ सय ३० को सानदार स्कोर बनाए । यो स्कोरमा उनले पहिलो दिनका लिडर निरज तामाङलाई चार स्ट्रोकले पछि पारेका छन् ।
दोस्रो दिन निरजले १–अन्डर ६९ खेल्दै समग्रमा ६–अन्डर १ सय ३४ स्कोर जोडे । सञ्जय लामाले इभन–पार ७० खेल्दै ४–अन्डर १ सय ३६ सहित तेस्रो स्थानमा दोस्रो दिनको खेल सकाए । भुवन नगरकोटीले दोस्रो दिनको खेल इभन–पार ७० मा सकाउदा कुल ३–अन्डर १ सय ३७ स्कोर सहित चौथो स्थानमा रहे ।
एमेच्योर खेलाडी राजकुमार राई ३–अन्डर ६७ को स्कोरमा समग्रमा २–अन्डर १ सय ३८ को नतिजामा पाँचौ स्थानमा रहे। दोस्रो दिन ४–अन्डर ६६ को सानदार प्रदर्शन गरेका धन बहादुर थापा समग्रमा १–अन्डर १ सय ३९ सहित छैटौ स्थानमा उक्लिए ।
जयराम श्रेष्ठले दोस्रो दिन १–ओभर ७१ को स्कोर कार्ड बनाउदा कुल १–ओभर १ सय ४१ सहित सातौ स्थानमा रहे । यसैगरी इभन–पार ७० खेलेका रामे मगर कुल १ सय ४२ स्कोरसहित आठौ स्थानमा रहदा १–ओभर ७१ खेलेका दिनेश प्रजापति र सुर्य प्रसाद शर्मा १ सय ४३ स्कोरसहित संयुक्तरुपमा नवौ स्थानमा छन् ।
३६ होलको समाप्तीमा अग्रता बनाउने क्रममा शुक्रले ४–अन्डर ३२ मा फ्रन्ट नाइन सकाए । पहिलो चार होलमा पार बचाएका उनले पाँचौ, छैटौ, सातौ र नवौ होलमा बर्डी प्रहार गरे। यसपछि उनले १२औं र १५ औं होलको बर्डीको मद्दतले ब्याक नाइन २–अन्डर ३२ मा पुरा गरे । निरजले फ्रन्ट नाइन २–अन्डर ३४ मा र ब्याक नाइन १–ओभर ३५ मा सकाए । फ्रन्ट नाइनको तेस्रो, पाँचौ र सातौ होलमा बर्डी प्रहार गरेका निरजले चौथो र १३ औं होलमा एक–एक सट खेर फाले ।
यसैगरी सञ्जय लामाले फ्रन्ट नाइन १–ओभर ३७ मा सकाए । उनले चौथो र सातौ होलमा बोगी खेल्दा पाँचौ होलमा बर्डी प्रहार गरे । ब्याक नाइन १–अन्डर ३३ मा सकाउने क्रममा १०औं, १५औं र १६औं होलमा बर्डीको सफलता प्राप्त गर्दा ११औं र १५औं होलमा एक–एक सट गुमाए ।
एमेच्योरतर्फ राजकुमार राईले युवराज भुजेललाई ६ स्ट्रोकले पछि पारे। युवराजले दोस्रो दिन १–ओभर ७१ को स्कोरमा स्थानीय प्रो बलभद्र राईसँग ११ औ स्थान बाँडे । बलभद्रले दोस्रो दिन २–ओभर ७२ मा खेल सकाए ।
३६ होलको समाप्तीमा कुल १४–ओभर १ सय ४४ सम्म स्कोर जोडेका २१ जना व्यवसायिक तथा ६ जना एमेच्योेर खेलाडीहरूले कट बनाए ।
प्रोफेसनलतर्फ दीपक मगर, भुवन कुमार रोक्का, दीपक आचार्य, टंक बहादुर कार्की, रमेश अधिकारी, सबिन सापकोटा, थाम बहादुर राई, रबि खड्का, दल बहादुर लामा, कमल तामाङ र पशुपति शर्माले अन्तिम १८ होलको खेलको लागि स्थान पक्का गरे ।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनको आयोजना र सुर्य नेपाल प्राईभेट लिमिटेडको प्रायोजनमा जारी ५४ होलको प्रतियोगितामा २९ प्रोफेसनल र ११ एमेच्योर खेलाडीले सहभागिता जनाएका छन् ।
कुल ८ लाख पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार प्राप्त गर्नेछन् । उपविजेताले ९० हजार तथा तेश्रो हुनेले ६७ हजार प्राप्त गर्नेछन् । उत्कृष्ट २१ भित्र पर्न सफल प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् ।
March 30, 2025
भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]