default_image

2 years ago

December 28, 2022

विलियम्सन र लाथमको शतकमा न्युजिल्यान्डको विशाल योगफल

161 views

0 Bookmark

एजेन्सी – पूर्व कप्तान केन विलियम्सन र ओपनर टम लाथमको शतकमा न्युजिल्यान्डले पहिलो टेस्ट खेलमा घरेलु टोली पाकिस्तानविरुद्ध विशाल योगफल बनाएको छ ।

तेस्रो दिनको खेल सकिँदा न्युजिल्यान्डले ६ विकेट गुमाउँदै ४ सय ४० रन बनाएको छ । न्युजिल्यान्डले पहिलो इनिङमा दुई रनको अग्रता लिएको छ । केन विलियम्सन २ सय २२ बलमा ११ चौकासहित १ सय ५ रनमा अविजित छन् । विलियम्सनको यो टेस्ट करिअरको २५ औं शतक हो । कप्तानी छाडेको पहिलो खेलमै विलियम्सनले शतक हानेका हुन् ।

ओपनर टम लाथम १ सय ९१ बलमा १० चौकासहित १ सय १३ रनमा आउट भए । अर्का ओपनर डेभन कन्वे १ सय ७६ बलमा १४ चौकासहित ९२ रनमा आउट भए । पहिलो विकेटका लागि लाथम र कन्वेले १ सय ८३ रनको साझेदारी गरेका थिए ।

डर्याल मिचेल ४२ र टम ब्लन्डेल ४७ रनमा आउट भए । पाकिस्तानका अब्रर अहमदले तीन र नौमान अलीले दुई विकेट लिएका छन् ।

त्यसअघि कराँचीमा टस जितेर ब्याटिङ रोजेको पाकिस्तान पहिलो इनिङमा ४ सय ३८ रनमा अल आउट भयो । पाकिस्तानका कप्तान बाबर आजम २ सय ८० बलमा १५ चौका र १ छक्कासहित सर्वाधिक १ सय ६१ रनमा आउट भए ।

दोस्रो दिन बाबर आजमले मात्रै तीन बल खेलेका थिए । बाबरको यो टेस्ट करिअरको नवौं शतक हो । अघा सलमानले १ सय ५५ बलमा १७ चौकासहित १ सय ३ रनको शतकीय इनिङ खेले । उनको टेस्ट करिअरको पहिलो शतक हो ।

२०१९ पछि पहिलो पटक टेस्ट क्रिकेटमा पूनरागमन गरेका पूर्वकप्तान तथा विकेटकिपर शरफराज अहमद १ सय ५३ बलमा ९ चौकासहित ८६ रनमा आउट भए । पाँचौं विकेटका लागि बाबर आजम र शरफराज अहमदले १ सय ९६ रनको सानदार शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए ।

पहिलो दिन अन्तिम समयमा स्पिनर अजाज पटेलको बलमा शरफराज डर्याल मिचेलबाट क्याच आउट भएका थिए । साउद सकिल २२ र इमाम उल हक २४ रनमा आउट भए । न्युजिल्यान्डका टिम साउथीले सर्वाधिक तीन विकेट लिए । अजाज पटेल, ईश सोधी र माइकल ब्रेसवेलले दुई दुई विकेट लिए ।

September 28, 2024

सोमपालले एकै ओभरमा २ विकेट लिए

काठमाडौं(हाम्रो खेलकुद) – तीव्र गतिका बलर सोमपाल कामीले एकै ओभरमा २ महत्वपुर्ण विकेट लिएका छन् । क्यानडामा आजबाट सुरु त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा सोमपालले आफ्नो पहिलो ओभरमा नै दुई विकेट लिएका हुन् । आफ्नो पहिलो ओभरको तेस्रो बलमा नवनित धालीवाल र अन्तिम बलमा दिलप्रित बाज्वालाई आउट गराए । त्यसअघि अर्का तीव्रगतीका बलर रिजन ढकालले टि […]

September 27, 2024

पुलिस र स्ट्याग उपाधिका लागि भिड्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब र आयोजक स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमी स्ट्याग ग्लोबल च्याम्पियन्स टेबलटेनिस लिग- सिजन २ मा फाइनलमा प्रवेश गरेका छन् । पुलिस फाइनलमा पुगेको दोश्रो पटक हो । गत संस्करणमा स्ट्याग तेश्रो भएको थियो । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शुक्रवार भएको सेमिफाइनलको पुरुष सिंगल्समा पुलिसका वंश सिंघलले एपिएफका राजीव […]

September 27, 2024

बहराइसँगको‌ हारपछि नेपालको समूह चरणबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी यु-२० एसियन कप छनोटमा शुक्रवार नेपाल‌ बहराइनसँग ४-० को फराकिलो अन्तरमा पराजित भएको छ। तेस्रो हारमा नेपालको छनोटको यात्रा समाप्त भएको छ। समुह चरणको अन्तिम खेलमा कमजोर नेपाल विरूद्ध बहराइन खेल अवधिभर नै हाबी रहयो। खेलको २८औं मिनेटमा सामी बासामको फ्रि-किक प्रहार सिधेै गोलमा परिणत भएपछि बहराइनले १-० को अग्रता बनायो। […]

Success

Thank you for your time.