2 years ago
December 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – परिवर्तन युवा क्लब सिम्ले लमजुङको आयोजनामा दोस्रो संस्करणको आरपी गुरुङ कप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता सोमबारदेखि शुरु भएको छ ।
प्रतियोगिताको पहिलो दिन कोल्की एफसी कोल्की, डाडाथोक साल्मे विजयी भएका छन् । परिवर्तन युवा क्लब दुधपोखरी ५ कोल्की–सिम्लेको नव निर्मित खेल मैदानमा सोमबार भएको पहिलो खेलमा कोल्की एफसी कोल्कीले सिम्ले एफसीलाई १–० ले पराजित ग¥यो ।
दोस्रो खेलमा डाडाथोकले दमाढुंगा एफसीलाई पनि १–० ले पराजित गरेको छ । अर्काे खेलमा साल्मेलाई प्यारजुङ युथ क्लबलाई २–१ ले पराजित गरेको छ । प्रतियोगिताको उद्घाटन दुधपोखरी गाँउपालिकाका अध्यक्ष धन प्रसाद गुरुङले एक कार्यक्रमकाबीच गरे ।
प्रतियोगिताको विजेताले ७० हजार रुपैयाँ, आरपी कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुनेले ३५ हजार रुपैयाँ, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र म्यान अफ दि म्याचले समान ३ हजार रुपैया, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
November 26, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को टोली कर्णाली याक्समा अनुबन्ध भएका हङकङका बाबर हायत नेपाल आइपुगेका छन् । मंगलवार आफ्नो दोस्रो विदेशी खेलाडीको रुपमा हायत काठमाडौं आईपुगेको कर्णालीले जनाएको छ । मंगलवार काठमाडौं आईपुगेका हायतलाई कर्णालीका मालिक झनक दत्त खनाल, सह मालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरेका थिए। ३२ […]
November 26, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)को लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले सूर्य प्लाईसँग प्रायोजन सम्झौता गरेको छ । सुदूरपश्चिमले स्ट्रेन्थ पार्टनरको रुपमा सूर्य प्लाईको साथ पाएको हो । मंगलवार सवारागी प्लाईवुड इन्डस्ट्रिजका प्रबन्ध निर्देशक देव आनन्द सवारागी र सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश खड्काले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतापछि सिइओ खड्काले […]
November 26, 2024
एजेन्सी – युवा ओपनर सइम अयुबको शतक सहयोगमा पाकिस्तानले दोस्रो ओडिआई खेलमा घरेलु टोली जिम्बाब्वेमाथि सहज जित हात पारेको छ । मंगलवार भएको खेलमा पाकिस्तानले जिम्बाब्वेमाथि १० विकेटको सहज जित हात पार्यो । जितका साथ ३ खेलको ओडिआई सिरिजमा पाकिस्तानले १-१ को बराबरी गरेको छ । जिम्बाब्वेले दिएको १ सय ४६ रनको सामान्य लक्ष्य पाकिस्तानले […]