default_image

2 years ago

December 26, 2022

खेलकुद मन्त्रीको बिदाई

165 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्रालयले मन्त्री महेश्वरजंग गहतराजलाई सोमबार एक कार्यक्रमबीच बिदाइ गरेको छ ।

खेलकुद मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेत, युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी अध्यक्ष डा. देवराज रोका, नेपाल स्काउटका प्रतिनिधि, मन्त्रालयका कर्मचारीलगायतले मन्त्री गहतराजलाई मायाको चिनो प्रदान गरी बिदाइ गरेका थिए ।

सो अवसरमा मन्त्री गहतराजको सचिवालयका कर्मचारी, मन्त्रालयका कर्मचारीलाई पनि सम्मान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गहतराजले आफ्नो कार्यकालमा सहयोग गरेकोमा सबैलाई धन्यवाद दिदै नवौं राष्ट्रिय खेलकुद सफलतापूर्वक सम्पन्न गर्नु ठूलो उपलब्धी भएको बताए ।

उनले ४ सय ४५ दिन खेलकुद मन्त्रीको कार्यभार सम्हालेका थिए । मन्त्री गहतराजको कार्यकालमा युवा तथा खेलकुद क्षेत्रमा भएका मुख्य उपलब्धी समावेश गरी तयार पारिएको पुस्तक पनि वितरण गरिएको थियो ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.