2 years ago
December 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सुष्मा तामाङ थाईल्याण्डको राजधानी बैककमा जनवरी १६ देखि २८ तारिखसम्म हुने यू२२ पुरुष तथा महिला बक्सिङ प्रतियोगितामा छनोट भएकी छिन् ।
सोमबार भएको राष्ट्रव्यापी खुल्ला छनोटको महिला ४८ केजी तौल समूहमा जेनेक्सका तेजीमाया गुरुङलाई अंकको आधारमा पराजित गर्दैै सुस्मा तामाङ युनानिमसको आधारमा विजयी हुँदै छनोट चरण पार गरेकी हुन् ।
महिला ५७ केजी तौल समूहमा बक्समाण्डुका हेमा राईले झापाका सुस्मिता राईलाई अंकको आधारमा पराजित गर्दै छनौट चरण पार गरेकी छिन् । पुरुष ४८ केजीको फाईनल खेलमा बक्समाण्डुका लक्ष्मण राई र एचटुओका लाल प्रसाद उप्रेतिबीच भएको खेलमा स्पलिट डिसिजनका आधारमा एचटुओका लाल प्रसाद उप्रेति छनोट भएका छन् ।
पुरुष ५७ केजी तौल समूह्मा केवाईबीसीका निर्मल सुबेदीले नक्सालका आयुश्मान चटौतलाई एबीडीको आधारमा पराजित गर्दै सेमि फाइनलमा प्रवेश गरेका छन् ।
छनोट प्रतियोगिताको राखेपका सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गरे । छनोट कार्यक्रममा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, वरिष्ठ उपाध्यक्ष अर्जुन बहादुर केसी, महासचिव सविन भट्टाचार्य, कोषाध्यक्ष गौतम सुजखु, सदस्यहरु, मान बहादुर भण्डारी, ओम नारायण श्रेष्ठ, पुष्कर राज पन्त, श्याम काजी अवाले, शोभार जंग केसी तालिम तथा प्रशिक्षण विभागका प्रमुख तथा बक्सिङ्ग मुख्य प्रशिक्षक प्रचण्ड शर्मा लगायतको उपस्थिति रहेको थियो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]