2 years ago
December 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक सेन्ट जेभियर स्कुलको चुनौती सहजै पन्छाउँदै माया युनिभर्स एकेडेमी तनहुँ २५औं संस्करणको फादर मोरान स्मृति विद्यालय स्तरीय आमन्त्रण फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
२०१९ को च्याम्पियन माया युनिभर्सले सेन्ट जेभियरलाई ४–० ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । सेन्ट जेभियर स्कुल गोदावारीको खेल मैदानमा सोमबार भएको फाइनलमा माया युनिभर्सको जितमा मन्जिल श्रेष्ठ र इबास विकले समान दुई गोल गरे । मन्जिल फाइनल खेलको प्लेयर अफ दि म्याच घोषित भए ।
सोमबारै नेपाल डन बस्को स्कुललाई टाईब्रेकरमा ४–३ ले हराउँदै मोर्डन इन्डियन स्कुल चोभारले तेस्रो स्थान हासिल गरेको छ । निर्धारित समयमा १–१ गोलको बराबरीपछि खेल पेनाल्टीमा पुग्दा मोर्डनले बाजी मारेको हो । निर्धारित समयमा मोर्डनका विलास पन्तले गोल गर्दा डन बस्कोका रुप्सन नेपालले गोल फर्काए ।
च्याम्पियन बनेको माया युनिभर्सले च्याम्पियन ट्रफी हात पारेको छ । दोस्रो भएको सेन्ट जेभियरले उपविजेता ट्रफी तथा तेस्रो भएको सेन्ट जेभियरले तेस्रो ट्रफी हात पार्दा चौथो भएको नेपाल डन बस्कोले फेयर प्ले ट्रफी हात पारेको छ ।
सेन्ट जेभियर्सका सन्देश टुडु प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी बनेका छन् । माया युनिभर्सका आदित्य विक उत्कृष्ट गोलकिपर चुनिए । मोर्डनका प्रतिक बानियाँ उत्कृष्ट डिफेन्सिभ खेलाडी घोषित भए ।
मोर्डनकै जोन राउत उदियामान खेलाडी घोषित भए । प्रतियोगिताभर १३ गोल गरेका माया युनिभर्सका इबास विक सर्वाधिक गोलकर्ता भए । माया युनिभर्सकै जोरिस भान डार्प उत्कृष्ट प्रशिक्षक चुनिए ।
विजयी टोली तथा उत्कृष्ट खेलाडीहरुलाई गोदावारी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, सेन्ट जेभियर स्कुल सुपेरिअर फादर जर्ज पीएम, सेन्ट जेभियरका प्रिन्सिपल फादर विजय प्रताप टोप्पोले ट्रफी, मेडल, प्रमाणपत्र र गिफ्टह्याम्पर प्रदान गरे ।
सेन्ट जेभियर स्कुल गोदावारीको आयोजनामा मंसिर २६ गते सोमबारबाट सुरु भएको प्रतियोगितामा विभिन्न १६ विद्यालयले प्रतिस्पर्धा गरेका थिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]