default_image

2 years ago

December 26, 2022

तेस्रो स्थानको लागि नेपालले श्रीलंकासँग खेल्दै

188 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बंगबन्धु एसियन सेन्ट्रल जोन यू२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपको तेस्रो स्थानको लागि नेपालले आज (सोमबार) श्रीलंकासँग खेल्दैछ ।

यो खेल नेपाली समयअनुसार मिरपुरस्थित शाहिद शुरवार्दी नेशनल इन्डोर रंगशालामा शुरु भइसकेकाे छ । राउन्ड रोविन लिग र सेमिफाइनलसम्म पनि जितविहीन रहेको नेपाल च्याम्पियनसिपमा पहिलो जित निकाल्दै तेस्रो हुने लक्ष्यमा कोर्टमा उत्रनेछ । तर तुलनात्मक रुपमा बलियो रहेको श्रीलंकालाई हराउन नेपालले सानदार प्रदर्शन गर्नुपर्ने हुन्छ ।

नेपालले राउन्ड रोविनको खेलमा पनि श्रीलंकालाई ३–० को सोझो सेटमा नतिजा सुम्पिएको थियो । उक्त हारको बदला लिने सोचमा नेपाल रहनेछ । यस खेलमा पनि पराजित भए नेपाल च्याम्पियनसिपमा जितिविहीन हुनेछ ।

टोलीसँग कप्तान धिरोज कुमार बस्नेत, सफल विक, रवि केसी, हेमन्त मल्ल, सम्राट भण्डारी, मनिष मानन्धर, सन्तोष महता, सन्तोष खत्री, अर्जुन नेपाली, रुप बहादुर गुरौं, विष्णु बस्नेत, वेद प्रकाश जोशी, गौरव पाण्डे र भीमराज गुरुङ रहेका छन् ।
यता, श्रीलंका पनि नेपाललाई हराएर तेस्रो हुने लक्ष्यमा छ ।

सेमिफाइनलमा नेपाल बंगलादेशसँग पराजित हुँदा श्रीलंकाले किर्गिस्तानसँग पराजित भएको थियो । आज नै उपाधिका लागि घरेलु टोली बंगलादेश र किर्गिस्तानबीच हुनेछ । ७ पुसबाट शुरु भएको च्याम्पियनसिपमा चार टोलीको सहभागिता रहेको थियो ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.