2 years ago
December 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – छन्त्याल परिवार अष्ट्रेलिया (सिपिए) को आयोजनामा दोस्रो संस्करणको छन्त्याल वेल्सन अन्तर्राष्ट्रिय पुरुष र महिला भलिबल कप जनवरीमा हुने भएको छ ।
आयोजक छन्त्याल परिवार अष्ट्रेलियाले छन्त्यालहरुको ठुलो पर्व माघे संक्रान्तिको अवसरमा दोस्रो संस्करणको एक दिने छन्त्याल वेल्सन अन्तर्राष्ट्रिय पुरुष र महिला भलिबल कप २९ जनवरीमा अबर्न बास्केटबल सेन्टरमा हुने जानकारी गराएको छ ।
सहभागी टोलीको टुंगो लागिसकेको छैन । प्रतियोगिताको पुरुषतर्फको विजेताले २ हजार ६ सय २६ अष्ट्रेलियन डलर, कप र स्वर्णपदक प्राप्त गर्नेछ । दोस्रो हुनेले १ हजार ६ सय १६ अष्ट्रेलियन डलर, कप र रजत पदक प्राप्त गर्नेछ । यस्तै महिलातर्फको विजेताले ८ सय ८८ अष्ट्रेलियन डलर, कप र स्वर्णपदक तथा दोस्रो हुनेले ५ सय ५५ अष्ट्रेलियन डलर, कप र रजत पदक प्राप्त गर्नेछ ।
पुरुषतर्फ सर्वाेत्कृष्ट खेलाडी, सेटर, स्पाइकर, ब्लकर, क्वीकर, सर्भर र लिवेरोले कप र मेडल तथा महिला तर्फको सर्वाेत्कृष्ट खेलाडीले कप र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ । यो प्रतियोगिताको अनुमानित बजेट २० हजार अष्ट्रेलियन डलर रहने आयोजकले जनाएको छ ।
यो प्रतियोगिता गर्नुको उद्देश्य अष्ट्रेलियामा रहेका नेपालीहरुबीच भाइचाराको सम्वन्ध विस्तार गरी भेटघाट गर्न, भलिबलमार्फत प्रत्येक साताको कामको बोझलाई बिर्सन, छन्त्याल जातिको संस्कृति देखाउन, नेपालको राष्ट्रिय खेल भलिबलको प्रवद्र्धन गर्न, महिलालाई भलिबलमा उत्प्रेरित गर्न र खेलकुदद्धारा सबैलाई एकतामा बाध्न रहेको जनाएको छ ।
छन्त्याल परिवार अष्ट्रेलिया (सिपिए) अष्ट्रेलियामा चर्चित गैर नाफमुलक संस्था हो । अष्ट्रेलियामा रहेका सबै नेपाली र विशेष गरी छन्त्याल जातिलाई एकताबद्ध गर्न यस संस्था सन् २०११ मा सिड्नीमा स्थापना भएको हो ।
सिड्नीमा रहेका विभिन्न संघ र संस्थामध्येमा छन्त्याल परिवार सक्रिय संस्था हो । अहिले संस्थामा सदस्यहरु बढिरहेका छन् । संस्थाले विगतका वर्षहरुमा पनि साप्ताहिक रुपमा विभिन्न खेलसँगै भेटघाटको कार्यक्रमहरु नियमित गर्दै आइरहेको छ ।
यो संस्थाले विभिन्न समुदायद्धारा आयोजित विभिन्न खेलकुद विशेषगरी भलिबलमा सहभागिता जनाउदै आइरहेको छ । छन्त्याल परिवारले दुईपटक बुद्ध जयन्ती कप र ढोरपाटन रनिङ कप, एकपटक म्याग्दी कप र म्याग्दी जलजला कप, तोरन्ला रनिङ कप, टीका कार्की मेमोरियल कप र होल्मेस पोखरा भलिबल कप जितेका छन् ।
पहिलो संस्करणको छन्त्याल वेल्सन कपमा आयोजक छन्त्याल परिवार नै च्याम्पियन बनेको थियो । ढोरपाटन र तोरन्लामा समान एकपटक उपविजेता बनेका छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]