2 years ago
December 25, 2022
पोखरा (हाम्रो खेलकुद) – जिल्ला भलिबल संघ स्याङ्जा प्रथम गण्डकी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
बागलुङ भलिबल संघलाई ३–२ को सेटमा पराजित गर्दै स्याङ्जाले उपाधि जित्न सफल भएको हो । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतबार भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक फाइनलको पहिलो सेट स्याङ्जाले २१–२५ ले गुमाएको थियो ।
त्यसपछि दोस्रो र तेस्रो सेट क्रमश २५–२३ र २५–२३ ले आफ्नो पक्षमा पार्दै स्याङ्जा खेलमा फर्किएको थियो । निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको चौथो सेटमा सुरुवातमा पछि रहेको स्याङ्जाले १८–१८ को बराबरीबाट अग्रता लिदै २२–१९ को अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा २८–३० ले सेट गुमाउन पुग्यो ।
निर्णायक तथा पाँचौ सेट प्रतिस्पर्धात्मक बनेपनि स्याङ्जा १५–१३ को सेटमा विजयी हुँदै च्याम्पियन बन्न सफल भयो । यस्तै जिल्ला भलिबल संघ नवलपुरले कास्की जिल्ला भलिबल संघलाई २५–२२, २५–१६ र २६–२४ ले हराएर तेस्रो स्थान हासिल गरेको छ ।
च्याम्पियन बनेको स्याङ्जाले २ लाख रुपैया हात पारेको छ । दोस्रो भएको बागलुङले १ लाख रुपैया हात पारेको छ । तेस्रो भएको नवलपुरले ५० हजार र सात्वना भएको कास्कीले २५ हजार प्राप्त गरेका छन् ।
स्याङ्जाका कप्तान हरि पाण्डे प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी बनेका छन् । सर्वाेत्कृष्ट बनेको हरिले २० हजार रुपैया प्राप्त गरेको छ ।
नवलपुरका घनश्याम चौधरी उत्कृष्ट सर्भर, स्याङ्जाका देवु राना उत्कृष्ट ब्लकर, स्याङ्जाकै राजन दर्लामी मगर उत्कृष्ट लिवेरो, बागलुङका प्रकाश सुनार स्पाइकर, बागलुङकै मीन सुनार उत्कृष्ट सेटर र स्याङ्जाका राजेन्द्र शर्मा उत्कृष्ट प्रशिक्षक चुनिएका छन् । उनीहरुले समान १० हजार रुपैया हात पारेका छन् ।
६ पुसबाट शुरु भएको गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगितामा मनाङ र मुस्ताङ बाहेक गण्डकीका बागलुङ, कास्की, नवलपुर, स्याङ्जा, म्याग्दी, तनहुँ, लमजुङ, कास्की र गोरखा गरी ९ टोलीको सहभागिता रहेको थियो ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । यस प्रतियोगितालाई गण्डकी प्रदेश भलिबल संघले काठमाडौंमा हुने एनभिए क्लब च्याम्पियनसिप र पोखरामै हुने टाइगर कपको लागि खेलाडी छनोटको रुपमा रहने बताएको थियो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]