2 years ago
December 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमाथि सहज जित हात पार्दै घरेलु टोली बंगलादेश बंगबन्धु एसियन सेन्ट्रल जोन यू२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी नेशनल इन्डोर रंगशालामा आइतबार भएको खेलमा नेपाल बंगलादेशसँग ३–० को सोझो सेटमा पराजित भएको हो ।
पहिलो सेट १५–२५ ले गुमाएको नेपालले दोस्रो सेटमा एक समय १४–११ को अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा २२–२५ ले सेट गुमाउन पुग्यो । तेस्राे सेटमा निरिह बनेकाे नेपालले १३–२५ ले गुमाउन पुग्याे ।
यससँगै नेपालले बंगलादेशसँग यस च्याम्पियनसिपमा दोस्रो पटक हार बेहोरेको छ । राउन्ड रोविन लिगमा पनि नेपालले ३–० कै सोझो सेटमा हार बेहोरेको थियो ।
अब बंगलादेशले उपाधिका लागि सोमबार किर्गिस्तानसँग खेल्नेछ । किर्गिस्तानले आइतबारै श्रीलंकालाई २९–२७, २५–२१ र २५–२० को सोझो सेटमा हराएर उपाधि नजिक पुगेको छ । बंगलादेशसँग पराजित नेपालले तेस्रो स्थानको लागि सोमबारै श्रीलंकासँग खेल्नेछ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]